eNepal

हिमालय हुर्रिकेन्स र गोर्खाली लायन्स न्याभ कप क्रिकेट प्रतीयोगीता २०१७ को फाईनलमा भिड्दै

मेल्बोर्नमा जारी रहेको न्याभ क्रिकेट प्रतीयोगीताको फाईनलमा हिमालय हुर्रिकेन्स र गोर्खाली लायन्स पुगेका छन्। आईतबार भएका खेलहरुमा सगरमाथा स्टार्सलाई ८२ रनले हराउँदै हिमालय हुर्रिकेन्स फाईनल पुग्न सफल भएको हो।लिग खेलका अन्तिम राउण्डहरुमा हिमालय हुर्रिकेन्स, गोर्खाली लायन्स र सगरमाथा रेनेगेड्स विजयी बनेका थिए जसमा गोर्खाली लायन्स, नर्रे किंग्स र सगरमाथा रेनेगेड्सको समान अंक रहेको थिए।रन रेटका आधारमा गोर्खाली लायन्स फाईनलमा जाने भएको हो।

हिजो भएको रोमान्चकारी म्याचमा हिमालय हुरिकेन्सका सुनाम गौतम, गोर्खाली लायन्सका किरण कंडेल, सगरमाथा रेनेगेड्सका सुशन गुरुङ म्यान अफ द म्याच भएका थिए।

नेप्लिज एशोसिएसन अफ भिक्टोरीया (न्याभ)ले आयोजना गरेको न्याभ कप क्रिकेटको बार्हौ सँस्करणको फाईनल खेल १२ मार्चमा मेल्बोर्नको टि डब्लु ब्लेर पार्क प्रेस्टोनमा हुने भएको छ।यस प्रतीयोगीतामा हिमालय क्लब, नरे किङ्गस् क्रिकेट क्लब, सगरमाथा स्टार्स, सगरमाथा रेनीग्रेड्स, गोर्खाली क्रिकेट क्लब, नेपालय क्रिकेट क्लब र ईस्टर्न ब्लुज समुहको सहभागीता रहेको थियो।

यस प्रतीयोगीताको अन्तीम खेललाई अझ बढि रोमान्चकारी बनाउन सुरुमा साना बालबालिकाको खेल अनि त्यसपछि महिलाहरुको “सुपर सिक्स ” क्रिकेट खेलका साथै साथै ३५ वर्षभत्दा माथि उमेर समूहका व्यक्तिहरुको “सुपर टेन” सिनियर क्रिकेट प्रतियोगिता हुने छ।खेलाडीहरुलाई थप हौसल्ला र मनोबल बढाईदिन सबै खेलप्रेमीहरुलाई सहभागीताको लागि न्याभले आग्रह गरेको छ।

यस प्रतीयोगीतालाई एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेज, रोएल ग्रुखाज कलेज, पेन्गयुन रेसटुरेन्ट एन्ड बार, बायर च्वाईस्, ईगल राईट्स स्पोट्सले प्रायोजन गरेको छ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal