eNepal

यस्ता छन लौका खानुका फाइदा

चितवन, बैशाख-२८। लौका विश्वका प्राय सबै ठाउँमा हुने तरकारी हो। लौका तरकारी बनाउने सब्जीको प्रकार जो लहरामा फल्छ। लौका धेरै थरीका हुन्छन्। लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ। यसका साथै लौका औषधि पनि हो। लौकामा पित्त, कफनासक, रुचिनासक गुण छ। लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, ग’र्भा’श’यसम्बन्धि सबै रोगको लागि लाभदायक हुने गरेको छ।

१. नियमित रुपमा लौकाको तरकारी वा जुस बनाएर एक गिलास पिउने गर्नाले कपाल सेतो अर्थात् कपाल फुल्नबाट रोक्छ ।

२.लौकामा रहेको न्यूटेशनले शरीरमा शक्ति पैदा गर्नुका साथै मानसिक तनाव कम गर्न मद्दत गर्छ ।

३. लौकाको सेवनले शरीरको तौल घटाउन मद्दत गर्छ । यसमा ९६ प्रतिशत पानीको मात्रा हुन्छ र प्रशस्त मात्रामा फाइबर हुन्छ जसले भोक लाग्बाट रोक्छ ।

४. कब्जियत तथा एसिडिटी भएका ब्यक्तिहरुका लागि लौकाको जुसले निकै फाइदा गर्छ किनकी यसमा फाइबर हुन्छ जसले पेट सफा गर्न मद्दत गर्छ ।

५. लौकाको नियमित सेवनले त्वचालाई सुन्दर र कोमल बनाउँछ । साथै पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारीका रुपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भाशय मजवुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ।

६. यसको सेवनले शरीरमा कोलेस्टेरोलको मात्रा कम गर्नुका साथै यसमा हुने भिटामिन सी र एन्टी अक्सिडेन्ट नामक तत्वले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

७. लौको जुस एक दिनमा एक गिलास सेवन गर्नाले उच्च रक्तचाप सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

enepal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

enepal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

enepal