eNepal

दुब्लोपनबाट छुट्कारा पाउन चाहनुहुन्छ ? अपनाउनु यी १० घरेलु उपाय

चितवन, बैशाख-२६। धेरै जना दुब्लोपनबाट छुटकारा पाउन चाहनुहुन्छ। कामको थकान, हर्मोनमा आउने परिवर्तन, कुनै बिमारी अनि अस्वस्थकर खानपानका कारण दुब्लोपन अनि कमजोरी हुन सक्दछ। वजन अधिक कम हुँदा शरीरको रोग प्रतिरक्षा प्रणाली कमजोर हुन्छ। यहाँ केही घरेलु उपायको चर्चा गरिएको छ जसले यी समस्या निर्मूल पार्न सक्छ।

१. एक गिलास दुधमा आधा चम्चा दालचिनीको धुलो र एक चम्चा मह मिलाएर दैनिक पिउने गर्नुस्।

२. १०-१५ सुकेको अंगुर (किसमिस) तातोपानीमा राती भिजाउनुस्। बिहान यसको पानी र दाना खानुस्।

३. राती ६-७ चम्चा चनाको दाललाई काँचो दुधमा भिजाएर राख्नुस्। बिहान यसमा ५-६ किसमिस र मिश्री मिलाएर खानुस्।

४. १-१ चम्चा मह र बेसार मिसाउनुस्। यसरी नियमित खाँदा दुब्लोपन टाढा भाग्छ।

५. ४-५ छोकडा २-३ काजू, २ बदाम, र एक गिलास दुध उमाल्नुस्। यसमा दुई चम्चा मिश्री मिलाएर नियमित सुत्नु अघि पिउनुस्।

६. बिहान बेलुका २ वा ३ केरासंगै एक गिलास दुध पिउँनुस्।

७. अमलाको धुलो (वा अमला) सगं मिश्री मिसाएर सुत्नु अघि नियमित खानुस्।

८. खाना खाएपछि दुई चम्चा घ्यूमा एक चम्चा मह मिसाएर खानुस्।

९. सुप र मिश्री बराबर मिसाएर नियमित दुई चम्चा (धुलो बनाएर) खानुस्।

१०. २ चम्चा मेथीलाई एक गिलास पानीमा करिब ५ घण्टा भिजाउनुस्। अनि उमाल्नुस् र छानेर २ चम्चा मह मिसाएर पिउनुस्।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

enepal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

enepal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

enepal