eNepal

शरीर कमजोर हुँदा खानुहोस् यी १० खानेकुरा

चितवन, बैशाख-२१। बुढापाकाले भन्ने गरेको ‘घामपानीको शरीर’ कहिले काहीँ तलमाथि त परिरहन्छ । शरीरले आफूलाई सँधै स्वस्थ महसुस गर्दैन । कहिलेकाँही शरीर कमजोर र आलस्यको पोको बनिदिन्छ । शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस्ः-

१‍. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ ।

२‍. एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ ।

३‍. बिहान र साँझ दैनिक दुई कोसा केरा दूधमा मिसाएर खाँदा कमजोरी हराउँछ ।

४‍. अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक–एक चम्चा नियमित खाँदा शरीरले शक्ति प्राप्त गर्छ ।

५‍. चार–पाँच वटा छोकडा, दुई–तीन वटा काजु, दुई वटा बदाम मिसाएर एक गिलास दूध उमाल्ने र त्यसमा एक चम्चा मिश्री मिसाएर नियमित पिउँदा कमजोरी हुँदैन ।

६‍. अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नुभन्दाअघि एक चम्चा पाउडर खाने ।

७‍. एक गिलास दूधमा एक चिया चम्चाको चार भागको एक भाग दालचिनीको धुलो र एक चम्चा मह मिसाएर खाँदा शरीरमा स्फुर्ती आउँछ ।

८‍. साँझ पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउँदा शरीरको कमजोरी हराउँछ ।

९‍. दुई चम्चा मेथी पाँच घण्टासम्म पानीमा भिजाउने । भिजेको पानीलाई उमालेर दुई चम्चा मह मिसाएर नियमित खाँदा फाइदा पुग्छ ।

१०‍. खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खानाले शरीर फुर्तिलो बन्छ । स्वास्थ्य खबरबाट ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

enepal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

enepal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

enepal