चितवन, बैशाख-२१। प्राय: हामी सबै जनाको हातको कुहिनो र घुडाको भाग शरीरको अन्य भागको तुलनामा बढी कालो हुने गर्दछ । केही बाहिय कारण तथा थिचिएका कारण शरीरको अन्य भागको तुलनमा ती भाग बढी कालो देखिन्छ । जसबाट कहिलेकाही हामीलाई असहजता समेत पैदा गर्छ । तर नआत्तिनुस् आज हामी तपाईलाई केही घरेलु टिप्स दिदैछौँ जसको प्रयोगले तपाईको कुहिना तथा घुडाको कालोपन हटाउन मद्धत गर्नेछ।
मानिसहरुले आफ्नो व्यक्तित्वमा कुहिना तथा घुडाको कालोपनले आँच आएर यसको लागि महँगो प्रोडक्टहरु पनि किन्ने गर्दछन् तर यसको आवश्यक पर्दैन। आज हामी तपाईंको व्यक्तित्व जोगाउन र यी दागहरू हटाउन घरेलु उपचारहरू लिएर आएका छौं, जसको प्रयोग गरेर तपाईंले बिना कुनै हिचकिचाहट स्लीभलेस र सर्टको पोशाक लगाउन सक्नुहुनेछ।
कागती र प्याजको रस:- कुहिनो र घुँडालाई सफा र गोरो बनाउनको लागी कागतीको एउटा सानो टुक्रा एकदमै उपयोगी हुन्छ । तपाईं रातमा निदाउनु अघि कुहिनो र घुडामा कागतीको टुक्राहरू लाउन सक्नुहुन्छ। यस बाहेक, तपाईं यसलाई प्याजको रसको साथ मसाज पनि गर्न सक्नुहुनेछ।
घिउँकुमारी र बेकिङ् सोडा:- लामो समयसम्म आफ्नो कुहिनोलाई ध्यान मदिएको कारण यदि कुहिनो र घुँडा कालो भएमा यो उपाय अपनाउनु बेस्ट् हुनेछ । यसलाई अपनाउनु अगाडि सबैभन्दा पहिला घिउँकुमारी आफ्नो कुहिनो अथवा घुँडामा लगाउनुहोस् । र सुख्न दिनुहोस् । त्यसपछि एक चम्चा बेकिंग सोडामा एक २ चम्चा दूध मिसाएर पेस्ट बनाउनुहोस्। अब एलोभीरा जेल सुकाएपछि, यो पेस्टको साथ कुहिनो मालिश गर्नुहोस् जबसम्म यो सुक्दैन र र झर्दैन। यो पछि कुहिनोलाई चिसो पानीले धुनुहोस्। तपाईं यो घरेलु उपाय हप्तामा तीन पटक लागू गर्न सक्नुहुन्छ। यसले तपाईंको कुहिनोको रंग धेरै नै चाँडो हटाउनेछ।
नौनी र वेसारको धुलो :- नौनी र बेसारको धुलो मिसाउनुस । त्यसबाट बनेको लेप कुहिना र घुँडामा राम्ररी लगाउनुस् । बेसारमा बीचिंगको गुण हुन्छ । नौनीले मोइस्चसाइजको जस्तै काम गर्छ । यो दुईको मिश्रणले कालो भाग हटाउन काम गर्छ । तपाईँ चाहनुहुन्छ भने यो लेप लगाएर केही बेर छाडन पनि सक्नुहुन्छ । केही क्षणपछि मनतातो पानीले धुनुपर्छ ।
बेसार र दुधको पेस्ट:- बेसार, दूध र महले बनेको प्याक कुहिनो र घुडाको कालोपनलाई हटाउनका लागि धेरै मदत गर्छ। यसलाई बनाउनको लागि, एक चम्चा मह र दुई चम्चा चिनी ४ चम्चा दुध बेसारमा राख्नुहोस् र यसलाई राम्रोसँग घोल्नुहोस् र यसलाई पेस्ट जस्तो बनाउनुहोस्। पेस्ट यदि गाढाँ भएमा तपाई थोरै दुध मिसाउन सक्नुहुनेछ । यसपछि पेस्टलाई आफ्नो कालो कुहिनो र घुँडामा लगाउनुहोस् र २० मिनेटसम्म राख्नुहोस् । र २० मिनेट पुरा भएपछि यस्लाई पखाल्नुहोस् ।
दही:- कालो कुहिनोलाई निखारता ल्याउन दहीको प्रयोग पनि गर्न सक्नुहुन्छ । यो स्क्रब बनाउनको लागि, एक चम्चा दहीमा थोरै मात्रामा सिरका मिक्स गर्नुहोस् र त्यसपछि यसमा २ चम्चा चिनी थप्नुहोस्। यसपछि तपाईले आफ्नो कुहिनोलाई १५ मिनेटसम्म मालिश गर्नुहोस् र त्यसपछि यसलाई चिसो पानीले धुनुहोस्। यसको ३ चोटीको प्रयोगले तपांईको कुहिनो साथै घुडाको कालोपन गायब हुन्छ ।

