eNepal

भोलि निस्कासन हुने आइपियोमा कति दिने आवेदन ?

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि ( वैशाख १७ ) गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ।

हाइड्रोपावर कम्पनीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । सीइडीबीको आइपीओमा छिटोमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा वैशाख ३१ गतेसम्म खुला रहनेछ । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

कम्पनीले ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणको लागि छुट्याएको छ । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले आइपीओलाई औ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाे थियो  ।

कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री गर्नेछ। प्रतिकित्ता रु १०० बराबरको रु २५ करोड १८ लाख २३ हजार बराबरको साधारण सेयर बिक्री गर्ने गरी बोर्डले अनुमति दिएको हो।

कम्पनीको साधारण सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी एक, पाँच मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal