कारोबार सुरु भएको केहि बेरमै ज्योति लाइफको शेयर मूल्य बढेको छ।
हिज ६८३ मा कारोबार बन्द भएर आज ७१७ बाट कारोबार सुरु गरेको कम्पनीको शेयर मूल्य ९.९६ प्रतिसत आर्थत ६८ रुपियाले बढेर ७५१ मा कारोबार भइरहेको छ। नेप्सेमा कारोबार सुरु भएलगतै कम्पनीको शेयर लगातार सर्किट लेभलमा कारोबार भैरहेको छ।समाचार तयार पर्दा सम्म कम्पनीको शेयरमा उच्च माग रहेको छ।
हाल सम्म कम्पनीको १५१० कित्ता शेयर कारोबार भएको छ भने शेयर खरिद गर्न ७ लाख २३ हजार २८ कित्ताको माग परेको छ। केहि विश्लेषकका अनुसार कम्पनीको शेयर मूल्य करिब १५०० माथि पुग्ने सम्भावना रहेको छ। कम्पनीको इपिएस १४.०१ रहेको छ भ्याने नेट वर्थ १३१.३३ रहेको छ।


