eNepal

अर्ब बढीको शेयर निस्कासन हुदै , एकजनालाई १०० कित्ता सम्म पर्ने

एनआईबिएल एस क्यापिटलले म्युचुअल फण्ड निस्कासन गर्ने भएको छ।

क्यापिटलले एनआईबिएल समृद्धि फण्ड २ नामको नयाँ म्युचुअल फण्ड बैशाख १३ गतेबाट निस्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ । एनआईबिएल समृद्धि फण्ड २ , १० वर्षको अवधि सम्म संचालनमा रहने र रु १ अर्ब २० करोडको बराबरको इकाई बिक्रि गरिने छ।आइपियोमा मात्र लगानी गर्ने र दोस्रो बजारमा कारोबार नगर्ने लगानीकर्तालाई  म्युचुअल फण्ड एक राम्रो योजना हो भन्न सकिन्छ।

प्रति इकाई मूल्य रु १० दरको १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ ।

यो फण्डमा लगानी गर्ने लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख १६ गते हुनेछ भने ढिलोमा बैशाख २७ गते हुनेछ।

यो इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा तथा सि आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।यस योजनाले वार्षिक प्रतिफल को रुपमा २१.४३ प्रतिशत इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको जनाएको छ .

यो पनि पढ्नुहोस :अब मेरो सेयरको पासवर्ड आफैं रिसेट गर्न सकिने बहेको छ।

नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने गरिअपग्रेडिङ गर्न लागेको छ । अहिले ‘मेरो सेयर’ सफ्टवेरमा अपग्रेडिङका कार्य भइरहेको र यो कार्यको सम्पन्न भएलगत्तै लगानीकर्ताहरुले नै पासवर्ड रिसेट गर्नम मिल्ने सुविधा ल्याउन लागिएको सीडीएससीले जनाएको छ।

पाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेडका अनुसार ‘मेरो सेयर’ सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम चरणमा पुगेको छ । अपग्रेड भएपछि अब मेरो सेयरमा पहिले जस्तो प्राविधिक समस्या नआउने सीडीएससीको दाबी छ ।

हालसम्म ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने र कतिपय क्यापिटलले यस बापत सुल्क लिने गरेको कारण लगानीकर्ता मारमा परेका थिय। यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हट्नेछ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal