राष्ट्रिय सूचना प्रविधि केन्द्रले १३ जना कर्मचारी माग गरेको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले विभिन्न पदमा १३ जनाका लागि दरखास्त आह्वान गरेको छ । केन्द्रले सूचना प्रविधि निर्देशक १ जना, इलेक्ट्रिकल इन्जिनियर १ , कम्प्युटर इन्जिनियर १ , सिस्टम एडमिनिस्ट्रेटर २ , कम्प्युटर टेक्निसियन २ , इलेक्ट्रिकल टेक्निसियन १ जना र कम्प्युटर अपरेटर २ जना गरि जम्मा १३ जना कर्मचारी माग गरेको हो ।
तलब सुविधा नेपाल सरकारको प्रचलित तलब स्केल बमोजिम हुने केन्द्रले जनाएको छ ।इच्छुक व्यक्तिले सात दिन भित्रमा राष्ट्रिय सूचना प्रविधि कन्द्र सिंहदरबारमा आवेदन पेश गर्नु पर्ने छ । आवेदन दरखास्त फारम डाउनलोड गर्न यहा क्लिक गर्नुहोस।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले प्रकासन गरेको सुचना।


