eNepal

न्याभ १२औं क्रिकेट कपको पहिलो दिनका खेलहरु सम्पन्न

नेप्लिज एशोसिएसन भिक्टोरीयाको आयोजनामा न्याभ क्रिकेट कपको पहिलो दिनको प्रतीयोगीताहरु आज सम्पन्न भएको छ। यस प्रतीयोगीतामा न्याभ समुहको अलाबा हिमालय क्लब, नरे किङ्गस् क्रिकेट क्लब, सगरमाथा स्टार्स, सगरमाथा रेनीग्रेड्स, गोर्खाली क्रिकेट क्लब, नेपालय क्रिकेट क्लब र ईस्टर्न ब्लुज समुहको सहभागीता रहनेछ।

मेल्बोर्नको टिडब्लु ब्लेर पार्क प्रेस्टोनमा आयोजीत यो प्रतियोगीतामा आज पहिलो चरणका खेलहरु भएका छन्।आज भएका पाँच छुट्टा छुट्टै खेलहरुमा हिमालय ह्युक्यान, नरे किङ्ग्स, गोर्खाली लायोन्स् र ईस्टन् ब्लुजले जित हाँसिल गरेका छन्।

बिहान नौ बजे साना भाई बहिनीहरुको खेलबाट सुरुवात भएको आजको प्रतीयोगीतामा ईस्टन वेरियर्स र सगरमाथा रेनीगेड्स बाहेकका सबै टिमले खेल खेलेका थिए।

पहिलो चरणको पाचँ खेलहरुमा नेपालय राईनोजलाई हराउँदै हिमालयन ह्युराक्यान,सगरमाथा स्टार्सलाई हराउँदै नरे किङ्गस्, सगरमाथा रेनिग्रेड्लाई हराउँदै गोर्खाली लायोन्स, नरे किङ्ग्सलाई हराउँदै हिमलयन ह्युराक्यान र सगरमाथा स्टार्सलाई हराउँदै ईस्टर्न ब्लुज बिजयी भएका छन्।

आगामी खेल सोही ठाउँमा २९ जनवरीमा हुने भएको छ जहाँ ईस्टर्न ब्लुज र नरे किङ्ग, हिमालयन ह्युराक्यान र गोर्खाली लायोन्स,सगरमाथा स्टार्स र सगरमाथा रेनिग्रेड्स भिड्दै छन्।
यस प्रतियोगितालाई भव्यताका साथ सफल बनाउन र खेलाडीहरुलाई हौसला प्रदान गरिदिनु हुन सबै खेलप्रेमी नेपालीहरुमा खेल न्याभले आवहान गरेको छ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal