eNepal

असई हत्या प्रकरण: गोरुगाडमा दाल र मटर तस्कर गर्न नपाएपछि असईको हत्या

काठमाडौं -स्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकले तस्करी रोक्न खोजेपछि हत्या गरेको पक्राउ परेका अभियुक्तले स्वीकार गरेका छन् । तस्करहरुको समूहले योजनाबद्ध ढंगले असई र जवानलाई नियन्त्रणमा लिएर घरेलु हतियार लाठी र कोदालो (फरुवा) प्रहार गरेर हत्या गरेको खुलेको छ ।

गोरुगाडामा दाल (मटर) भारत पठाउदै गरेको अवस्थामा असईले रोक्न खोजेपछि हत्या गरेर मोहनामा बगाईदिएको पक्राउ परेका अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् ।

उनीहरुले तस्करी गरेर ल्याइरहेको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । असईको हत्यामा संलग्न गिरोहका अधिकांश व्यक्तिलाई पक्राउ गरेको र अन्य फरार रहेकाहरुको खोजी तीब्र पारेको जनाएको छ । हत्यामा संग्लन भएको भन्दै वडा नम्बर १० का ६ जना वडा नम्बर ११ का एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

हत्यामा संग्लन भनि सार्वजनिक गरिएकामा वडा नम्बर १० का ३१ बर्षीय पर्कु भनिने रोहित राना, २० बर्षीय राजेन्द्र राना, ३० बर्षीय चोर भनिने सुरेश राना, २५ बर्षीय गब्बर भनिने राजकुमार राना, २२ बर्षीय राम निवास राना, २९ बर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ का गोपाल भनिने राम गोपाल राना रहेका छन् । घटनामा अन्य पनि संग्लनता रहेको र उनीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी प्रमुख दिलिप देउवाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले प्रहरीले उनीहरुको काममा अवरोध गरेपछि योजनाबद्ध ढंगले नै हत्या भएको बताए । शनिबार राती नियमित गस्तीमा निस्कीएका प्रहरी सहायक निरिक्षक बिकको शव हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएको थियो । उनको उच्च सम्मान सहित सोमबार कञ्चनपुरको दोदा घाटमा अन्त्येष्टि गरिएको छ ।

बिकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको पनि आज मोहना नदिमे शव भेटीएको छ । तस्करहरुको समूहले योजनाबद्ध ढंगले असई र जवानलाई नियन्त्रणमा लिएर घरेलु हतियार लाठी र कोदालो (फरुवा) प्रहार गरेर हत्या गरेको खुलेको छ । शनिवार राति करिब ८ बजेतिर असई बिक र जवान साउद मोटरसाइकलमा गस्तीमा निस्किएका बेला तस्कर समूहले नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानका शिलशिलामा १६ जना पक्राउ गरेको र ती मध्ये ७ जनाले संलग्नता स्वीकारेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका सबै स्थानिय राना परिवारका रहेको प्रहरी स्रोतले जनाएको छ ।

भारतसँग जोडिएको जुगेडा क्षेत्रमा बिगत देखि नै चोरी–तस्करी हुँदै आएको थियो । तस्करीमा केही स्थानीय बासिन्दा पनि सक्रिय थिए । त्यसको सूचना पाएर असई बिक र जवान साउँद उनीहरुलाई घेर्न गएका बेला उल्टै संगठित समूहको निसानामा परेका हुन् । ‘सात जना स्थानीयले आफुहरुले हत्या गरेको भन्दै बयान दिएका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal