• बाह्रै महिना अनुकूल वातावरण बनाएर तरकारी उत्पादनको लागि यो प्लाष्टिक टनेल उपयुक्त मानिन्छ
• यसका लागि प्लाष्टिक घर एक मुख्य प्रविधिको रूपमा रहेको छ । प्लाष्टिकको घर भित्र बर्षा, चिसो हावा र तापक्रम नियन्त्रण हुने हुँदा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिन्छ ।
• बाँसको भाटा र स्थानीय बजारमा पाइने प्लाष्टिकबाट टनेल बनाइन्छ ।
• प्लाष्टिक घरमा तरकारी खेती गर्दा धेरै फाइदा हुन्छ ।
• बेमौसममा तरकारी उत्पादन गरी धेरै आम्दानी लिन सकिन्छ ।
• ५ मि. चौडाइ २० मि. लम्बाई भएको प्लाष्टिक घरमा गोलभेडा लगाउँदा १० देखि १५ क्विण्टलसम्म फल्न सक्दछ ।
• यस प्रविधिबाट गरिएको खेतीमा रोग तथा कीराकोप्रकोप पनि कम लाग्दछ।
• कम पानी भए नि हुने, सिंचाई असुविधा भएको ठाउँमा पनि सहजै गर्न सकिने साथै गोडमेल पनि कम गर्नु पर्दछ ।
• यस प्रणालीमा तरकारी खेती गर्दा थोपा सिँचाइ प्रविधि उपयुक्त हुन्छ ।

