eNepal

माध्यमिक शिक्षा पास गरेका युवाले अब ५ लाखसम्म स्वरोजगार कर्जा पाउने

अशोक टन्डन -अब युवाले बैंक तथा वित्तीय संस्थाबाट पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने भएका छन् । ८ असोजमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार सहुलियत कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा तेस्रोपटक संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।

यससँगै सहुलियत दरमा युवा नै लक्षित तीनवटा कर्जा योजना सञ्चालनमा आएको छ । यसअघि सात लाख रुपैयाँसम्म शिक्षित युवा स्वरोजगार र १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा सञ्चालनमा छन् ।

माध्यमिक तह वा सोसरहको शिक्षा हासिल गरेकाले समेत पाँच लाख रुपैयाँसम्मको युवा स्वरोजगार कर्जा प्राप्त गर्नेछन् । सीप विकास उद्यमशीलता तालिम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय वा समिति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत कुनैबाट कम्तीमा सात दिनको उद्यमसम्बन्धी तालिम लिएको भए पुग्ने भएको छ । बैंकले ग्राहकलाई लगाउने ब्याजदरमा राष्ट्र बैंकले पाँच प्रतिशत ब्याज अनुदान दिनेछ ।

गत वैशाखसम्ममा ६६ जनाले तीन करोड ५२ लाख रुपैयाँबराबर शिक्षित युवा कर्जा पाएका छन् भने विदेशबाट फर्केका दुई सय २२ जनाले १५ करोड १७ लाख रुपैयाँ कर्जा पाएका छन् ।

कर्जा बिमाको अनुदान घट्यो
यसअघि कृषि तथा पशुपक्षी कर्जामा जाने १० लाख रुपैयाँभन्दा कमको कर्जामा राष्ट्र बैंकले अनुदान शाेधभर्नाबाट ७५ प्रतिशत व्यहोर्दै आएको भए पनि अहिले अनुदान घटाइएको छ । अब भने राष्ट्र बैंकले ५० प्रतिशत बिमा शुल्क व्यहोर्ने भएको छ । यही व्यवस्था परियोजना धितो लिएर दिइने कर्जामा पनि लागू भएको छ ।

त्यस्तै, अनुदानमा दिइने कृषि कर्जा व्यापार (बिक्री–वितरणसँग सम्बन्धित)का लागि भने रोकिने भएको छ । यसअघि यस्तो कुनै व्यवस्था नगरिएकोमा अब उत्पादनदेखि प्रशोधनसम्मको काममा मात्रै अनुदानमा आधारित कृषि कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा शीर्षकमा भने कर्जा पाइने क्षेत्र थपिएको छ । यसअघि १९ वटा व्यवसाय समेटिएकोमा ३२ वटा व्यवसाय समेटिएको छ । गत वैशाखसम्म २४ हजार सात सय ६४ जनाले ५४ अर्ब ११ करोड रुपैयाँबराबर कृषि तथा पशुपक्षी कर्जा पाएका थिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal