काठमाडौँ – अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने नीति सार्वजनिक गरेको छ ।
युएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेसले यससम्बन्धी नीति ल्याएको हो । सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुने अमेरिकाले जनाएको छ ।
पछिल्लो कानुनअनुसार अब कुनै पनि देशका कम्युनिस्ट पार्टीका सदस्यले अमेरिकामा पिआर तथा नागरिकता नपाउने निश्चित भएको छ । खासगरी चिनियाँ नागरिकलक्षित अमेरिकाले यो नियम ल्याएको हुन सक्ने बताइएको छ । बेइजिङ र वाशिंगटनबीच चलिरहेको प्रतिस्पर्धामा नयाँ आयाम थपेको कुटनीतिज्ञहरुले बताएका छन् ।

