eNepal

स्कुस एक फाइदा अनेक जानिराखौ ती फाइदा

इलाम-पूर्वी पहाडि जिल्ला इलामका केही किसानले स्कुस बेचेरै गुजारा चलाउने गरेका छन् । स्कुसको मुन्टा, फल र जरासमेत खान सकिने भएकाले केही किसानले यसबाटै गुजारा चलाउने गरेका हुन् ।
चैत महिनामा रोपिने स्कुसको वैशाखदेखि असारसम्म मुन्टाको तरकारी बनाएर खान सकिन्छ । असारदेखि फल लाग्ने भएकाले यसलाई तरकारी र उसिनेर खाजाका रूपमा खान सकिने किसानहरू बताउँछन् । असारदेखि उत्पादन भएको फल कात्तिकसम्म रहन्छ । त्यसपछि यसको जरा (तरुल) तरकारी र खाजाकै रूपमा प्रयोग हुने गरेको छ ।
स्कुस किसानका लागि भरपर्दो आम्दानीको स्रोतसमेत बन्दै गएको छ । बजारमा तरकारीको अभाव भइरहेका बेला जिल्लाका किसान आफूले रोपेको स्कुसको मुन्टा बेचेर राम्रै आम्दामी गरिरहेका छन् । क पटक टिपेको हप्ता दिन नबित्दै पुनः टिप्न मिल्ने भएकाले यसको मुन्टा बेचेर किसानले हजारौं आम्दानी गर्ने गरेका हुन् । रोङ गाउँपालिकाका किसान जीवन राईले एकै सिजनमा २ सय ५० मुठा मुन्टा बेचेको वताए । उनले मुन्टा प्रतिमुठा ४० देखि ८० रूपैयाँसम्ममा बिक्री गरेको वताए । कम लगानीमा धेरै आम्दानी हुने स्कुस उत्पादन गर्न खासै मेहनत पनि गर्नु नपर्ने किसानहरू बताउँछन् । उनले मुन्टाबाट करिब ५० हजार रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन् ।
मुन्टा बिक्री हुने समय सकिएपछि स्कुस बेच्ने र त्यसबाट १ लाख रूपैयाँ आम्दानी गर्ने सोच राखेको उनले बताए । स्कुस सुरुसुरुमा प्रतिकिलो ५० रूपैयाँमा बिक्री हुन्छ । उत्पादन बढी भएपछि भाउ सस्तो हुने किसानहरूको भनाइ छ । तर स्कुसको फल एकै बोटबाट धेरै उत्पादन हुने किसानहरू बताउँछन् । स्कुस फलको आम्दानी सकिएपछि जराबाट समेत उत्तिकै आम्दानी हुने उनी बताउँछन् । स्कुसको जरा प्रतिकिलो ८० देखि १ सय ५० रूपैयाँमा बिक्री हुने गरेको छ ।
रोङ गाउँपालिकामा उत्पादित तरकारी किसानले झापा लैजाने गरेका छन् । पहाडमा उत्पादित तरकारी तराईका जिल्लामा महंगो मूल्यमा बिक्री हुने गरेको छ । रोङ गाउँपालिका किसानले मेची राजमार्गमा निकालेरै पनि तरकारी र फलफूल राम्रो मूल्यमा बिक्री गरिरहेका छन् । उनीहरूले मेची राजमार्ग हुँदै राजमार्गका पसल, झापाको चारआली, बाहुनडाँगी, काँकडभिट्टा र भारतको नक्साल, बागडुग्रासम्म उत्पादन भएको मुन्टालगायतका तरकारी पु¥याईरहेका छन् । बहु बर्षे बालीका रूपमा पर्ने स्कुस जिल्लाका प्रायः सवै ठाउँमा उत्पादन हुने गरेको छ ।
रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका र देउमाई नगरपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिकरूपमा स्कुस खेती गरिन्छ । इलामको फिक्कल, कन्याम, कोल्बुग, माघे, जिर्मले, गोदकलगायतका गाउँमा पनि यसको व्यवसायिक खेती हुँदै आएकोछ । राजमार्ग आसपासका क्षेत्र र पर्यटकीय क्षेत्र भएकाले यहाँ उत्पादित स्कुसको मुन्टा बेच्न टाढा लैजानुपर्दैन । गाउँघरबाटै बिक्री हुन्छ । गाउँघरमै आउने ब्यापारीले राम्रो मूल्य हालेर लैजाने गरेको किसानहरू बताउँछन्
। कारोबार दैनिकबाट

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal