eNepal

मनको कथा: पारिलो घाम (भाग-१)

गर्मी महिनाको पागल गर्मीसँग जुध्दा जध्दै गाली गन्थन गर्दै अनि पसिनाले चुर्लुम्म भएको शरीरको पसीना पुच्दै म बहुलाउँछु छट्पटीन्छु सराप्छु।केही शिप लाग्दैन, चिसो पानीले सारा शरीर भिजाउँछु।अल्प शान्त मनलाई थम्थमाउँछु।धेरै समय लाग्छ त्यो पनि चिर चिर पसिनाले भिज्नलाई।

निधारको पसीना पुच्दै फ्रिजबाट चिसो बियर पिउँदै , एकै घुट्कोमा सिध्याएर सेरे जस्तो बन्छु। आन्न्दको महसुस गर्छु।युद्ध जिते सरि हुन्छु।अनि त के अर्को बोतल पनि घुट्काई दिन्छु।चिसो भएको अनुभब हुन्छ।म त्यसै मस्त।

क्षेणीक शान्तमा धेरै बेर भुल्न पाउँदिन।हत्केलाले घाम छेक्न सक्दीन।पर्दा लगाएर तातेको घर सेलाउन सक्दिन।पुरानो घरको बास,के को एयर कन्डीसन हुनु र!पङ्खाको ख्याट् ख्याट्ले उताको तातो हावा यता,उताको तातो हावा यता।खेल खेले जस्तो।शरीर त्यसै पोलेर आउँछ।म फेरी बौलाउँछु।
क्रमश….

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal