eNepal

नेपालमा कृषि क्रान्ति ल्याउन सक्छ भुइँ स्याउले ,जानिराखौ भुइँ स्याउको महत्त्व

काठमाडौं -सबै माझ परिचित फल हो स्याउ । परिचित स्याउ रुखमा फल्ने स्याउ हो । तर स्याउ माटोमुनि पनि फल्छ । माटोमुनि फल्ने स्याउ हो भुईं स्याउ । भुई स्याउलाई याकुन पनि भनिन्छ ।

यो निरोगी स्याउ हो । यो स्याउको खेती गर्दा किराले दुःख दिँदैन अर्थात यो स्याउमा रोग लाग्दैन । स्याउमा मात्र होइन यो स्याउ सेवन गर्नेमा पनि रोग कम लाग्छ । यो स्याउमा रोगसँग लड्ने क्षमता धेरै हुन्छ ।

भुईं स्याउले अहिले नेपालमा निकै चर्चा कमाएको छ । खेती विस्तारको क्रम पनि बढ्दो छ । थोरै लगानीमा धेरै उत्पाद लिन सकिन्छ । खेती गर्दा राम्रो आम्दानी लिन सकिन्छ । एकै बर्षमा फल्ने भुई स्याउ नगदेबालीमा पर्छ ।

फुकेको माटो, पानी नजम्ने माटोमा यसको खेती गरिन्छ । आलु लगाउने बेलामा भुई स्याउ लगाउन सकिन्छ । यो स्याउको फल पिडालुको आकारमा हुन्छ । फुकेको माटो भयो भने यो स्याउले धेरै जरा हाल्न पाउँछ । राम्रोसँग सप्रेको बोटमा यो स्याउ १८ किलो सम्म फल्छ ।

यो स्याउको बोटमा सूर्यमूखीको जस्तै फूल फूल्छ । फूल सुकेपछि यो स्याउको फल खन्न योग्य हुन्छ । याे खाँदा रसिलो, रुखमा फल्ने स्याउ र तरबुझाको मिश्रित स्वाद पाइन्छ । पोषण तत्वले पनि यो स्याउ भरिपूर्ण हुन्छ । यसमा औषधिय गुण पनि प्रचुर मात्रामा हुन्छ ।

दक्षिण अमेरिकाबाट भुईं स्याउको खेती विस्तार भएको पाईन्छ । दक्षिण अमेरिकाबाट नै नेपाल सम्म यो स्याउ आइपुगेको हो । यो स्याउ १५०० देखि ३००० सम्मको उचाईमा फल्ने गर्छ ।

यो स्याउको फल मात्र होइन यस्को पात समेत प्रयोग गर्न मिल्छ । यस्को पातलाई सुकाएर सिन्की र चिया बनाएर पनि खान सकिन्छ । भुईं स्याउको फललाई गाँजर, मुला जसरी सलाद बनाएर पनि खान सकिन्छ । यसलाई जुस तथा अचार बनाउन पनि सकिन्छ ।

भुईं स्याउ वाईन बनाउनका लागि पनि प्रयोग भएको पाईन्छ । भुईं स्याउमा फ्लाज, क्याल्सियम,पोटासियम,क्लोरिन, म्याग्नेसियम, भिटामिन बी वान, भिटामिन बी टु भिटामिन सी जस्ता तत्वहरु प्रयाप्त मात्रामा पाइन्छ । पानीको मात्रा प्रचुर हुने भुईं स्याउ गर्मी मौसममा सेवन गर्न निकै उपयोगी हुन्छ ।

थाेरै लगानीमा राम्राे उत्पादन लिन सकिने भुई स्याउले नेपालकाे क्रिषिमा क्रान्ति गर्न सक्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal