eNepal

काठमाडौं उपत्यकाको निषेधाज्ञा सर्तसहित खुल्ने, सवारीमा जोर बिजोर लागू हुने

काठमाडौँ -भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको छ ।

अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उनले बताए ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेका छन् । व्यापार व्यवसाय खोल्न दिने शर्तहरु बारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने दाहालले बताए । तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् ।

उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal