eNepal

कुलमान घिसिङको कार्यकाल थप्न प्रधानमन्त्री ओली बाधक कार्यकाल २९ गते सकिदै

एजेन्सी-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल नथपिने निश्चितप्रायः भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली उनलाई निरन्तरता दिने पक्षमा नभएपछि कार्यकाल नथपिने भएको हो ।

कुलमानको कार्यकाल थप्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दबाब दिइरहेका छन् । ऊर्जामन्त्री वर्षमान पुनप्रचण्ड निकटकै भएकाले पनि उक्त मन्त्रालयसम्बन्धी प्राधिकरणमा आफूले भनेको व्यक्तिमै निर्णय हुनुपर्ने पूर्व माओवादी पक्षधरकोदाबी रहेको छ । त्यसैले सम्भवतः भोलि बस्ने मन्त्रिपरिषद्मा यसबारे प्रस्ताव लाने तयारी भएको छ ।

प्रधानमन्त्री ओलीले भने कुलमानको नाममा सहमति जनाएका छैनन् । विश्वस्त स्रोतका अनुसार ओलीले पटक पटक एकैजनालाईमौका दिन नहुने तर्क राखेका छन् । उनी कुलमानको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । काम भन्दा हल्ला गरेको र सामाजिक सञ्जालमार्फत्सरकारमाथि दबाब बढाएको भन्दै प्रधानमन्त्रीको टिम नै असन्तुष्ट बनेको छ ।

२९ भाद्रबाट प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षीय कार्यकाल सकिदैछ । उनी २९ भदौ २०७३ मा चारवर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यतिबेला प्रचण्डकै जोडबलमा नियुक्ति दिइएको थियो । उनलेलोडसेडिङ अन्त गरेको जस लिएका छन् । तर, यसमा भारतबाट विद्युत निर्यात हुनु एउटा कारण बनेको छ । कुलमानले विद्युत चुहावटभने रोक्ने सफलता हासिल गरेको प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले नै बताएका छन् । तर, लोडसेडिङ अन्त उनकोकारणले नभएको काफ्लेको भनाई छ ।

प्राधिकरणमा कसलाई नियुक्ति गर्ने भन्नेबारे प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच मतभेद कायमै छ । आज बालुवाटारमायसबारे पनि कुरा उठेको बुझिएको छ । भोलि बस्ने क्याबिनेटमा प्रधानमन्त्री ओलीले कुनै न कुनै निर्णय लिने सम्भावना छ । कसैलाईनियुक्ति नदिएर प्राधिकरणकै अर्को व्यक्तिलाई निमित्त दिने सम्भावना पनि छ । तर, कुलमानको सम्भावना कमजोर भएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal