eNepal

उपचारबाट फर्के सॅंगै सञ्‍जय दत्तले चलचित्र ‘शमशेरा’को छायांकन सिध्याए

एजेन्सी । स्वास्थ्य उपचारका लागि केही समय कामबाट बिदा लिने भनेका अभिनेता सञ्‍जय दत्तले चलचित्र ‘शमशेरा’ को आफ्नोभागको छायांकन सिध्याएका छन् । 

यो चलचित्रका लागि एक साधारण ‘प्याच वर्क’ छायांकन थियो । रणवीरले यसअघि नै छायांकन सिध्याइसकेका थिए । सञ्‍जयको दुईदिनको मात्रै छायांकन बाँकी थियो । उनले पनि आफ्नो भाग सिध्याएका छन् । 

एसराज फिल्मको निर्माणमा बनेको चलचित्रमा आवश्यक सम्पूर्ण सुरक्षाका निर्देशन पालना गरी सञ्‍जयको छायांकन गरेको जनाइएकोछ । सञ्‍जयलाई खतरा नहोस् भनेर छायांकन सुरु हुनुअघि नै छायांकनमा संलग्‍न हुनुपर्ने सबैलाई होम-क्वारिन्टिनमा राखिएको थियो भनेकोरोना परीक्षण पनि गराइएको थियो । 

यस चलचित्रमा सञ्‍जयका साथै रणबीर कपुर, वाणि कपुर मुख्य भूमिकामा छन् । यही वर्षको जुलाईमा रिलिज मिति तोकिएकोमाकोरोनाका कारण अर्को वर्ष धकेलिएको छ ।

गत महिना फोक्सोको क्यानसर देखिएपछि सञ्‍जयको प्रारम्भिक उपचार मुम्बइमै भइरहेको छ । स्थिती सामान्य हुने वित्तिकै उनलाईउपचारका लागि अमेरिका लगिँने जनाइएको छ । त्यसको लागि उनलाई अमेरिकाले पाँच वर्षको भिसा पनि दिइसकेको छ । इन्डियनएक्सप्रेस

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal