काठमाडौं -आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट आइसोलेसनबाट डिस्चार्ज भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय नाघेकाे छ।

