eNepal

अर्थमन्त्री डा.युवराज खतिवडाले दिए राजीनामा

काठमाडौँ –  अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा दिएका हुन् ।  त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको खतिवडाले बताए । खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मानेका छन् । यसअवधिमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको प्रतिक्रिया अर्थमन्त्रीले दिए ।

बिदाइको क्षणमा समेत अर्थमन्त्रीमा पद गुमेको भाव भने नझल्किएको अर्थमन्त्रालयका एक सहसचिवले बताए । मन्त्री खतिवडाले आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरताको जिम्मेवारी कर्मचारीमा रहेको समेत बताएका छन् । अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal