eNepal

अर्थमन्त्रालयबाट खतिवडाको बिदाइ , राम्रो काम भएको छ निरन्तरता दिनु

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो कार्यकालमा आर्थिक प्रणालीमा सुधारका काम अघि बढेको भन्दै त्यसलाई निरन्तरता दिन आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनुअघि मन्त्रालयमा खतिवडाले राजस्व प्रशासन, खर्च प्रणाली र लेखा प्रणालीमा सुधारका लागि काम अघि बढाइएको उल्लेख गरे।

अर्थ मन्त्रालयका दुवै सचिव, महालेखा नियन्त्रक, महाशाखा प्रुमखहरू र कर तथा भन्सारका महानिर्देशकलाई बोलाएर मन्त्री खतिवडाले आफ्नो कार्यकालमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, लेखापरीक्षण ऐनजस्ता महत्वपूर्ण कानुन बनाइएको भन्दै खतिवडाले त्यसले प्रणाली सुधारमा जग बसालेको उल्लेख गरे।

मन्त्री खतिवडाले वर्षौंदेखि विवादमा रहेको मूल्य अभिवृद्धि कर फिर्ताको व्यवस्था हटाइएको, भन्सारमा आशिकुडा प्रणाली विस्तार गर्दै लगिएको, भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम ल्याइएको भन्दै यसले प्रणाली र कार्यगत दुवै सुधारका लागि बलियो आधार बनाएको पनि बताए।

खतिवडाले आफ्नो कार्यकालमा सहयोगका लागि कर्मचारीहरूलाई धन्यवाद पनि दिएका थिए।

२०७४ साल फागुनमा पहिलोपटक अर्थमन्त्री नियुक्त भएका खतिवडाले २०७६ फागुन २१ गते दोस्रो कार्यकालका लागि सपथ ग्रहण गरेका थिए। तर राष्ट्रिय सभा सदस्यमा उनको स्थानमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय भएसँगै खतिवडा मन्त्री नहुने भएका हुन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal