eNepal

बाग्लुङ बाढी अपडेट: गृहमन्त्री प्रस्थान, हालसम्म ७ जनाको मृत्यु र १३ जना बेपत्ता

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटमा बाढी/पहिरो पीडितका लागि राहत बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

गृहमन्त्रीसँगै सासंद देवेन्द्र पौडेल पनि बाढी प्रभावित क्षेत्र गएका छन् । गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सामग्री बोकेर गएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए।
गएराति गएको पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । हालसम्म पहिरोमा १३ जना बेपत्ता भएको खुलेको छ ।

मृतकमध्ये एकजनाको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा ढोरपाटन नगरपालिका ९ की ३५ वर्षीया कौशला पुन, उनकै ६ वर्षीय छोरा हिक्मत पुन, सोही वडाका ३५ वर्षीय जितबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक छन् ।

यस्तै ३२ वर्षीया कर्मती घर्तीमगर, ३५ वर्षीया रिना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर, उनकै ६ वर्षीया छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीय टुलमती पुन र गलकोट नगरपालिका घर भई ढोटपाटन क्षेत्र घुम्‍न गएका २४ वर्षीय नवीन भण्डारी छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal