eNepal

धार्मिक महत्त्व बोकेको रुरुधाम क्षेत्र र ऋषिकेश मन्दिर किन ओझेलमा

पाल्पा -नेपालकै चारधाममध्ये पर्ने ऐतिहासिक धार्मिक रुरुधाम क्षेत्र ओझेलमा परेको छ । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थलका रुपमा रहेको पवित्र कालीगण्डकीको किनारमा अवस्थित रुरु क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व अपार रहे पनि सो क्षेत्र ओझेलमा परेको छ ।

सदरमुकाम तानसेनदेखि झण्डै ३० किलोमिटर पश्चिममा रहेको रुरु क्षेत्र पौराणिक मान्यताअनुसार रुरु कन्याले तपस्या गरी उनलाई सधैँका लागि त्यस स्थानमा बस्न बाध्य बनाएको भन्ने कथन रहेको छ । यस रुरु क्षेत्रमा कालीगण्डकी किनार नजिकै पुरानो ऋषिकेश मन्दिर छ । उक्त मन्दिर यहाँ रहेकाले पनि यसको महिमा र धार्मिक महत्व बढेको हो ।

रुरु क्षेत्रमा ऋषिकेश मन्दिर परिसरमा विभिन्न देवीदेवताका मूर्तिसमेत रहेका छन् । यहाँ विशेष गरेर माघेसङ्क्रान्तिमा वर्षेनी ठूलो मेला लाग्छ । माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठूली एकादशीलगायतका पर्वमा नदीमा स्नान गर्नेको घुइँचो लाग्छ । नेपालकै एकमात्र शालिग्राम पाइने नदी कालीगण्डकी भएकाले पनि रुरु क्षेत्रको धार्मिक महत्व अझ बढेको स्थानीयवासी श्रीराम रेग्मी बताउँछन् ।

रुरु क्षेत्रमा विवाह, व्रतबन्धलगायत काम यहीबाट सम्पन्न हुन्छ । ऋषिकेश मन्दिरमा भक्तजनको ठूलो चहलपहल हुनेगर्छ । स्थानीयवासी प्रकाश श्रेष्ठका अनुसार यात्रुले गाडीबाटै रुरुधामको भ्रमण गर्ने गरेका छन् । सवारी साधन गुड्ने पक्की बाटो भएकै कारण अहिले सो क्षेत्र ओझेलमा परेको श्रेष्ठको भनाइ छ । यसको गुरुयोजना बनाएर आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal