eNepal

काठमाडौ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेलाई १० हजारसम्म जरिवाना गरिने

काठमाडौं -पछिल्लो समय देशमा कोरोना भाइरसकाे संक्रमित संख्या र मृत्यु दर क्रमिकरुपमा बढ्दै गएको छ । त्यसैको रोकथाम तथा नियन्त्रणको लागि सरकारले अवस्था अनुसार केही प्रदेश र जिल्लाहरुमा निषेधाज्ञालाई कडा पार्दै गएको छ । विभिन्न सवारीसाधन र मानिसको पनि बाक्लो आवतजावत बढ्न थालेपछि सरकारले निषेधाज्ञमा कडाइ गरेको हो । विशेष देशकै केन्द्रीय राजधानी काठमाडैंमा कोरोनाको जोखिम बढ्दै गएको छ । यसै सन्धर्वलाई मध्यनजर गर्दै आज भदौ (१७ गते) बाट काठमाडौंमा निषेधाज्ञाको उल्लंघन गरेर हिँड्ने सवारीसाधनलाई कडा नियम बनाएर अबदेखि बढी उल्लंघन गर्नेलाई पाँच हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । काठमाडौं ट्राफिक केन्द्रीय कार्यालयका प्रवक्ता रामेश्वर प्रसाद यादवले ५०० देखि १५०० सम्मको जरिवाना ट्राफिक प्रहरीको कार्यालयले नै हेर्ने र त्यसभन्दा बढी ज्यादती उल्लंघन गर्ने सवारीसाधनलाई १० हजार जरिवानाको लागि सम्बन्धित निकायमा पठाउने जानकारी दिए । उनले नेपाल फ्ल्याससँग भने, ‘हामिले सुरुबाटै सबैलाई सचेत गराउँदै आएका छौँ, तर पछिल्लो समयमा अटेरी गर्नेलाई १५०० सम्मको जरिवानालाई हामिले नै हेरेका छौँ भने बाँकी सजायको लागि सम्बन्धीत ठाउँमा पठाउनेछौँ ।’ आज राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीहरु ‘ट्राफिकको उल्लंघन गरेमा रु १०, ००० सम्म जरिवाना हुनेछ’ लेखेको प्लेकार्ड लिएरै ड्युटीकम खटिएका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal