काठमाडौं -समयमा मल कृषकले नपाएपछि पैचो गरेर बंगलादेशबाट मल ल्याउन थालिएको छ । अहिले समयमा बर्षा र कोरोनाको कारण घरमा जनशक्ति हुँदा अहिलेसम्मकै धेरै धान रोपाइ भएको थियो तर समयमा मल नपाउदा कृषक चिन्तित भएका छ्न ।
जस्को समस्या समाधान गर्न सरकारले बंगलादेशबाट पचास हजार मेट्रिक टन रासायनिक मल पैंचो ल्याउने भएको छ।
मंगलबार प्रधानमन्त्री केपी ओली र बंगालादेशी प्रधानमन्त्री शेख हसिनाबीच तत्काल पचास हजार मेट्रिक टन रासायनिक मल ल्याउने सहमति भएको हो।

