विराटनगर -मोरङमा भदौ २२ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ । भदौ ५ गतेदेखि सुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गर्दै २२ गते राती १२ बजेसम्म कायम रहने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम मोरङ जिल्लाभरी नै लागु हुनेगरि निषेधाज्ञा जारी गर्नु भएको हो ।संक्रामक रोग ऐन २०२० अनुसार नागरिकको जीवन रक्षा गर्दै जिल्ला प्रशासन कार्यालयले जारि गरेको निषेधाज्ञा अझै लचिलो बनाइएको छ ।
विराटनगरमा भदौ २२ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ । भदौ ५ गतेदेखि सुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गर्दै २२ गते राती १२ बजेसम्म कायम रहने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम मोरङ जिल्लाभरी नै लागु हुनेगरि निषेधाज्ञा जारी गर्नु भएको हो । संक्रामक रोग ऐन २०२० अनुसार नागरिकको जीवन रक्षा गर्दै जिल्ला प्रशासन कार्यालयले जारि गरेको निषेधाज्ञा अझै लचिलो बनाइएको छ ।

