eNepal

काठमाडौ उपत्यकामा पुनः एक हप्ता निषेधाज्ञा थप्ने तयारी

काठमाण्डु – काठमाण्डु उपत्यकामा पुनः एक हप्ता लकडाउन थप्ने तयारी भएको छ । कोरोना भाइरसको संक्रमण बढिरहेकाले पुनः एक हप्ता लकडाउन थपेर आवश्यक तयारी गर्ने स्रोतले जानकारी दियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बुधबार बस्ने बैठकले लकडाउनबारे निर्णय गर्ने जानकारी दिए । उनले कोरोना संक्रमित बढिरहेको अहिलेको अन्य विकल्प नभएकाले लकडाउन थप्न सकिने संकेत गरेका छन् ।

‘सीसीएमसीको बैठक बुधबार बस्दैछ । उक्त बैठकले छलफल गरेर लकडाउन थप्ने/नथप्नेबारे निर्णय गर्छ’, सिडिओ भट्टले गर्दै भने ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले लकडाउनले आर्थिक क्षेत्र ठप्प रहेकाले केही खुकुलो बनाउनुपर्ने आवाज उठे पनि संक्रमणको अवस्था हेर्दा उक्त सम्भावना नरहेको बताए ।

‘लामो समयदेखिको लकडाउनले आर्थिक क्षेत्र ठप्प छ केही खुकुलो बनाउनुपर्छ भनेर माग भइरहेको छ । यस विषयमा गृह मन्त्रालय पछि छलफलमा नै छ’, गर्दै प्रवक्ता बुढाले भने, ‘खुकुलो पार्दा संक्रमणको जोखिम बढ्ने भएकाले हामी आवश्यकता सर्तकतासहित काम गर्नुपर्ने हुन्छ ।’

गत भदौ २ गतेदेखि लगाइएको लकडाउन अझै जारी छ । कोरोना संक्रमितको संख्या बढिरहेकाले थप कडाइका साथ लकडाउन लगाइएको हो । दोस्रो चरणको बुधबार राति १२ बजेदेखि सकिँदैछ ।

बुधबार काठमाण्डु, भक्तपुर, ललितपुरका सिडिओ र सुरक्षा निकायका प्रमुख, स्वास्थ्यविज्ञसहिहतको बैठकले लकडाउनबारे थप निर्णय गर्नेछ ।

अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने बन्द गरिएको छ । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा सवारीलाई भने संचालनको अनुमति दिइएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal