काठमाडौं -कोरोना भाइरस संक्रमणले अहिले आम मानिसको जनजीवन अप्ठ्यारो बनाएको छ। यस्तो बेलामा रगतको अभाव भइ कसैलाई अनाहकमा समस्या नपरोस् भन्ने हेतुले मानव अधिकार तथा शान्ति समाज ,नयाँबस्ती युवा क्लब लगायत गोकर्णेस्वर स्वयंसेबि परिचालन समितिको सहकार्यमा रक्त दान कार्यक्रम आयोजना गरिएको छ। कोरोना कहरका कारण उपत्यकामा निषेधाज्ञा जारी भएकोले देशैभरि रगतको आपुर्तिमा कमि आएको बताईएको छ । यसै सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले नयाँबस्ती युवा क्लब तथा ?गोकर्णेश्वर स्वयंसेवी परिचालन समितिसंगको सहकार्यमा उल्लेख भए बमोजिम रक्तदान कार्यक्रम आयोजना गरेको हुँदा स्वयंसेवी रक्तदाताहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ।
स्वास्थ्य सुरक्षाको उचित प्रवन्ध गरि भने यथेष्ट भौतिक दुरी कायम गरेर मात्रै रक्तदानको ब्यवस्था मिलाइने सम्बन्धित निकायले बताएको छ ।
कठिन समयमा दिइएको रक्तदानको महत्व बिशेष रहने गर्दछ।
कार्यक्रम
स्थान नयाँबस्ती युवा क्लब प्रांगण, जोरपाटी
मिति २०७७ भदौ १७ गते बुधबार
समय बिहान ८ बजे प्रारम्भ

