eNepal

जिएनसिभी सकर लिगको फाईनल भोली हुँदै, युनाईटेड एफसी र यती एफसी भिड्दै

सन् २००९ देखी हरेक बर्ष मेल्बोर्नमा आयोजना हुँदै आएको गोर्खा नेप्लीज कम्युनीटि भिक्टोरीया (जिएनसिभी) सकर लिगको अन्तीम खेल भोली आईतबार ४ डिसेम्बर २०१६ का दिन वालेस रिज्रभ गेल्नरोयमा हुने भएको छ।अन्तिम खेलमा प्रतीस्पर्धा गर्न मेल्बोर्नका दुई प्रतीस्ठित क्लब युनाईटेड एफ सि मेल्बोर्न र यती एफ सी क्लब तयारी अवस्थामा रहेका छन्।

image

लगातार दुई बर्ष आफ्नो पोल्टामा बाजी मार्न सफल युनाईटेड एफसी यस बर्ष पनि लगातार तेस्रो चोटी जीत हात पार्दै सिल्ड लाने जमर्कोमा लागेको छ भने यती एफसि पनि आफ्नो दम्दार प्रस्तुतीका साथ युनाईटेड एफसीको बर्चसोलाई क्रमभङ्गता गर्ने क्रममा रहेको छ।यस अगि लगातार तिन बर्ष जितेर यती एफसीले जिएनसिभी कप भित्राई सकेको छ।

image

जिएनसीभी कपलाई भिक्टोरीयाको प्रतीस्ठित कपको रुपमा हेर्ने गरिएको छ जुन हरेक हप्ताको आईतबार लगातार अाठ हप्ता सम्म भएको थियो।यस खेलमा मेल्बोर्नमा रहेका प्राय क्लवहरुले सहभागीता देखाउने गरेका छन् तर अक्सर अन्तिम चरणमा यीनै दुई क्लबहरु पुग्ने गरेका छन्।

नेपालीहरुको गौरव अनि प्रतिस्ठा रहेको विर गोर्खालीहरुको सम्मानमा गोर्खा नेप्लिज कम्युनिटी भिक्टोरीयाले यो खेलकुद प्रतीयोगीता आयोजना गर्दै आएको छ।जिएनसीभी कप हात पार्नु खेलाडीहरुलाई गौरव र प्रतिस्ठाको कुरा रहेको भन्दै आफ्नो काम र पढाईको व्यस्तताको बाबजुद धेरै रहर भएका राम्रा खेलाडीहरुले खेलकुदमा समय दिन नसकेको जिएनसिभीका कस्चरल कोअडीनेटर सन्जय राईले ईनेपाललाई बताउनु भयो।

imageभोली हुने यस पर्तियोगीतामा विहान दस बजे तेस्रो चरणको लागि मेल्बोर्न लाईन्स र भुट्निज् थन्डर ड्रेगन प्रतीस्पर्दा गर्दैछन्।मध्यान्न १२ बजे सोही ठाउँका फरक मैदानमा साना बालबालिका र सिनीयरहरुको खेल हुनेछ।अपरान्ह १:३० मा यो बर्षको बहु प्रतिक्षीत जिएनसीभी कपको भव्य फाईनल यतीएफसी र युनाईटेड एफसीको बिचमा हुने भएको छ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal