eNepal

समिक्षा: ओएनएफ अस्ट्रेलिया र नेप्लीज फेस्टीबल नेपालको हिजोको कार्यक्रम

ओएनएफ अस्ट्रेलीया र नेप्लीज फेस्टिवल नेपालले आयोजना गरेको सेफ नेपाल भिसीट नेपाल भन्ने कार्यक्रममा पक्कैपनि दर्शकहरुको सहभागिता कम भएको महसुस हामीले गर्यौ। कार्यक्रममा दर्शकहरुको कमि के कारणले भयो।सबैले हिजोको मौसमलाई दोष दिईएको बुझियो तर जहाँ सम्म लाग्छ यदि दर्शकलाई हेर्ने ईच्छाशक्ती जाग्यो भने मौसमले कुनै रोकटोक लगाउन सक्दैन।

अर्को कुरा नेपालका अहिलेका चलन चल्तीका कलाकारहरुको साथमा आयोजना गरिएको थियो कार्यक्रम।बरिस्ठ लोक तथा दोहोरी गायक बद्री पङ्गेनी, बरिस्ठ पार्श्व गायीका मिलन अमात्य, बरिस्ठ हाँस्यव्यङ्ग्य कलाकार एवम् सबैका मुन्द्रे जितु नेपाल लगाएत लोक दोहोरी गायिका प्रिती आलेको साथमा गरिएको बिशेष कार्यक्रम थियो।यी कलाकार नामैले आफै काफी छन्। यस्ता लाखौं श्रोता दर्शकहरुका मन परेका कलाकारहरु आउँदा पनि किन आएनन् त दर्शक?के हावा पानीले छेक्यो होला त।जब कि बतासे पानी रुझ्दै आफ्ना मन पर्ने कलाकारहरु आएका छन् भने पछि सातकोष पनि हिडेर जाने तिनै गाउँ वेशीमा हुर्केका दर्शकहरुलाई।

हामी स्वयम् आफैले हिजो कतिलाई आज कार्यक्रम छ जाने हैन भन्दा उहाँहरुले हो र! आज नि कार्यक्रम छ र भनेर उल्टै हामीलाई सोच्न बाध्य बनाउनु भयो।कतिलाई त हिजो कार्यक्रम थियो भन्ने पनि थाहा रहेन रहेछ।यसले के बुझिन्छ भने कार्यक्रमको प्रचार प्रसारमा कमि आएको पक्कै पनि महसुस भयो।नाम र कुनै सँघ वा सँस्थाले आयोजना गरे पछि कार्यक्रम त्यसै सफल हुन्छ भन्ने जुन मानसिकता छ,त्यसलाईपनि गतिलो झापाड दिईएको पाईयो।

जुनै पनि आयोजक या भनौ कलाकार या भनौ अतिथीहरु सबैलाई चाहिने भनेको दर्शक नै हो अन्त्यमा। यदि दर्शक पातलियो भने आयोजकको मुख निनौरो, कलाकारको जोशमा कमि अनि अतिथीहरुमा पनि कार्यक्रम प्रति त्यति रौनकता छाउँदैन।

कार्यक्रममा दर्शक किन आउँदैनन् भन्ने कुरामा कार्यक्रम कहाँ हुँदैछ त्यसले पनि प्रमुख भुमिका खेलेको हुन्छ। पहिला भएका कार्यक्रममा दर्शकहरुको प्रतिक्रिया बुझ्न पनि एक दम जरुरी हुन्छ।दर्शकहरुले पहिला केमा खोट लगाएका थिए। त्यो बुझेर त्यसलाई सुधार गर्नै पर्ने हुन्छ अन्यथा आउन मन भएका दर्शकहरु पनि ह्या त्यो ठाउँमा पो हो भनेर जान हिच्किचाउन सक्छन्। यसबारेमा हलवाला र आयोजकहरुले बुझेर त्यसको समाधान तिर जान एकदम जरुरी देखिन्छ।

मैले कलाकारसँग बुझ्दापनि आज भन्दा १५-२० अगाडी गाउँमा ड्वाङ परेको साउन्ड सिस्टममा गाएको जस्तो भयो भन्दै गुनासो गर्दै हुनु हुन्थ्यो भने अर्का कलाकारले थिएटरमा गर्न पर्ने कार्यक्रम बर्थडे पाटी हुने हलमा गर्नु भएको रहेछ भनेर गुनासो गर्दै हुनुहुन्थ्यो।

खैर जे होस सत्य तितो हुन्छ। राम्रोलाई राम्रो भन्नुपर्छ। सेतोलाई सेतो अनि कालोलाई कालो। यस्ता यावत कुराहरुलाई ध्यान नदिने हो भने भोलीका दिनमा जतिनै राम्रा र महङ्गा कलाकार ल्याए पनि यस्तै हबिगत नरहला भन्ना सकिन्न। ईभेन्ट आयोजक देखि भेन्यु व्यबस्थापक लगायत साउड म्यानेजर सबैले यो कुरा मनन गर्नु जरुरी छ। अन्यथा पुन: दोहोर्याउँछु भोलीका दिनमा खदा ओडीएका केही प्रमुख अतिथी ज्युहरु, आयोजकका चिने जानेका केही ईस्ट मित्रहरु र आयोजकको बिशेष उपस्थितीमा कार्यक्रम भव्यता पुर्बक सम्पन्न भयो भनेर नलेख्ने दिन नआउला भन्न सकिन्न।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal