eNepal

जापानको राजधानी टोक्यो सार्वाधिक महाॅंगो शहरमा तेस्रो स्थानमा ओर्लीयो:-

टोकियो विदेशी आप्रवासीहरुका लागि टोकियो विश्वको तेस्रो महँगो शहरका रुपमा रहेको एक सर्वेक्षणले देखाएको अमेरिकीपरामर्शदाता कम्पनी मर्सरको जीवनयापन खर्च सर्वेक्षणले यस्तो देखाएको हो

सर्वेक्षणअनुसार गत वर्ष महँगो शहरको सूचिमा दोस्रो स्थानमा रहेको टोकियो यस वर्ष एक स्थान तल झरेको हो हङकङ भने लगातारतेस्रो वर्ष पनि महँगो शहरका रुपमा रहन सफल भएको

प्रतिवेदन अनुसार तुर्कमेनिस्तानको अश्गाबाट सर्वाधिक महँगो दोस्रो शहर बनेको गत वर्ष भने यो सूचिमा साँतौं स्थानमा रहेको थियो एक स्थान माथि उक्लिएर स्वीटजरल्याण्डको जुरिख चौंथो स्थानमा आउँदा सिंंगापुर भने स्थान तल झरेर पाँचौं स्थानमा समेटिएको अमेरिकाको न्यूयोर्क सिटी सूचिको छैटौं स्थानमा

सूचीको शीर्ष १० भित्र पर्ने अन्य चार शहरमा चीनको साङहाई, जर्मनीको बर्न, स्वीटजरल्याण्डको जेनेभा चीनको बेजिंग क्रमशः सातौंदेखि १० औं स्थानमा रहेका छन्

सर्वेक्षणमा हरेक शहरमा यातायात, खानेकुरा, लत्ताकपडा, घरायशी वस्तु लगायत सय भन्दा धेरै वस्तुको मूल्य मापन गरिएको थियो यस सर्वेक्षणमा न्यूयोर्क शहरलाई आधार शहरका रुपमा लिइएको मुद्राको भाउमा हुने उतारचढाव भने अमेरिकी डलरमा आधारित

सूचिको पुछारमा परेका शहरलाई आप्रवासीका लागि सबैभन्दा सस्तो शहर मान्दा ट्यूनिशियाको ट्यूनिश सर्वाधिक सस्तो शहर हो त्यस्तै गरी, नामिबियाको विन्डहोएक उज्बेकिस्तानको ताश्केन्ट सर्वाधिक सस्तो दोस्रो शहरमा बराबरी छन्

Related posts

एनआरएनए जापानको निर्वाचन दुरुपयोग भएको र चुनाव निष्पक्ष नभएको प्रतिवेदन सार्वजनिक

enepal

ओलम्पिक सुरु हुन दुई साता बाँकी रहँदा जापानले गर्यो आपतकालको घोषणा

Dev Chapagain

टोकियो ओलम्पिकका लागि जापान पुगेका युगाण्डालीलाई कोरोना पुष्टि

enepal

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिहरुलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

enepal

जापानमा नेपाली खानाको स्वाद अब एकै छाना मुनि, आउनुहोस जमघट रेस्टुरेन्टमा

enepal

झुटो विवरण बुझाई ऋण लिएको आरोपमा जापानमा २ नेपाली पक्राउ

Ujjwal Khanal