eNepal

बेल्जियमबाट नेपालले पनि सिक्ने प्रयास गरोस्!

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण संक्रमण फैलिन रोकथामका लागि बेल्जियम सरकारले १३ मार्च २०२० देखी लकडाउन जारी गरेको थियो। र त्यो लकडाउन मई ३ सम्मको लागि थप गरेको थियो। सरकारको लकडाउन खुकूलो बनाउने  Exit plan अनुसार त्यसलाई ३ चरणमा विभाजित गरिएको थियो। उक्त रणनीति अनुसार ४ मई २०२० बाट प्रथम चरणको Relaxation को सुरुवात भयो। जसअनुसार निजी घरहरूमा र स्कुलहरूमा सरसफाई गर्ने कार्यलाई पुनः सुचारू गरिएको थियो। साथै उउटै छानामुनि रहेका बाहेक अन्य व्यक्तिहरूसंग भेटघाट गर्न लगइएको प्रतिबन्धलाई खुकूलो बनाऊदै क्रमशः ४ जनाको सामाजिक भेटघाट गर्न  सकिने अनुमति प्रदान गरेको थियो। र स्कुलहरू Partial रूपमा संचालन गरियो।

दोस्रो चरणको Relaxation १९ मईबाट प्रवेश गरेसंगै लत्ता कपडाका पसल, जुत्ता चप्पल, हेयर कटिङ सैलून, डिपार्टमेन्टल स्टोर र थप स्कुलहरू खुलेका थिए। साथै थप कक्षाका विद्यार्थीहरूको अध्यापन सुरू गरिएको थियो।  सामाजिक भेटघाटको संख्या ४ जनताबाट बनाएर १० जनासम्म भेट्न सकिने अनुमति प्रदान गरेको थियो।  

आज ८ जून २०२० बाट लकडाउनको Relaxation तेस्रो चरणमा प्रवेश गरेको छ। जस अनुसार होटल, रेष्टुरेन्ट, क्याफे बार आदि खोल्न पाइने छ। यद्यपि ठुला इभेन्ट, सभा, समारोहहरू र धेरै ठुलो भेलासहित आयोजना गरिने खेलकूद प्रतियोगिता, मेलाहरूको आयोजना लाई भने ३१ अगष्ट २०२० सम्मको लागि प्रतिबन्ध लगाइएको छ।

लेखकः दामोदर प्रसाद आचार्य, प्रेसीडेन्ट( लुम्बिनी कपीलबस्तु ग्लोबल क्याम्पियन, बेल्जीयम)

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal