eNepal

सावधान !! होसियार !! फेरि आउदैछ !!

सेतो हात्तीमा बसेर नब महाराजको सवारी
लुक लुक आफ्नो टाउको जमिनमा लुकाउ
किन हल्लाखल्ला गर्छौ?
नपाएर के भयो भोक मेट्ने भोजन आश्वासन त पाएकै छौ !
नपाएर के भयो टाउको छोप्ने झुप्रो बिदेशी सहयोग त थुप्रीएको छौ !
नपाएर के भो दौनिक अत्यावश्यक बस्तु बिज्ञापन त छौ !
किन लड्छौ? आफ्नो नेताजिको लडाइँ
केहिपनि पाउनेछैनौ अल्पआयु मरि जानेछौ!
तिमी लोकतान्त्रिक गणतन्त्रात्मक देशको स्वतन्त्र नागरिक हौ !
मर्नु नै छ भने भोकले मर
पेट्रोल,डिजेल अनि ग्यासको लाइनमा सड्ढ !
दैनिक उपभोग्य बस्तुको मूल्य सुनेर बहिरो होउ
झुठो बिक्ने समाचार पढेर अन्धो होउ
अन्धोहरुको यो देशलाई अति आवश्यकता छ!
किनकी हामिलाइ लोकतान्त्रिक गणतन्त्रमा बाच्नुछ।
आँखा नदेख्ने कानोहरुलाई राजा बनाउनु छ।।

माधब अधिकारी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal