eNepal

ला लिगाका बाकी खेलेहरु ११जुनदेखि सुरु गर्ने तयारी

१७ जेठ, शनिबार काठमाडौं – ला लिगाका अध्यक्ष ज्याभिएर तेबासले जारी सिजनका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी भइरहेको बताएका छन् ।

कोरोनाभाइस महामारीका कारण २०१९/२० को सिजन नै अहिले स्थगित छ । सेभिया र रियल बेटिसबीचको डर्बी खेलबाट जारी सिजन ११ जुनदेखि सुरु गर्ने तयारी भइरहेको छ। स्पेनको शीर्ष डिभिजनमा यस सिजन अझ ११ चरणको खेल बाँकी छ ।

तेबासले जारी सिजनको अन्तिम मिति महत्वपूर्ण रहेको बताए । तेबासले मार्कासँग भनेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको २०१९/०२० को सकिने मिति हो ।’

‘भगवानको चाह, हामी ११ जुनमा ला लिगा पुन: सुरु गर्नेछौं ।’ तेबासले मार्कासँगको भिडियो कन्फ्रेन्समा भने, ‘हामी मड्रिड र बार्सिलोनाला लकडाउन नियमहरू सहज बनाउन दोस्रो चरणमा पुगोस् भनेर पर्खिरहेका छौं ।’

स्पेनको सरकाले गत साता ला लिगा ८ जुनदेखि गर्नलाई ग्रीन सिग्नल दिइसकेको छ ।

यस्तै तेबासले अर्को सिजन अर्थात २०२०/०२१ को सिजन सेप्टेम्बर १२ देखि हुने आशा राखेका छन् । ‘अर्को सिजन १२ सेप्टेम्बरमा शुरु हुनेछ ।’

तेबासले टेलिभिजन दर्शकहरूले खेलहरू कहाँ हेर्ने हो कि भनेर छनौट गर्न सक्षम हुने समेत बताए । ला लिगा क्लोज डोरमा खेलाइनेछ जसमा भर्चुअल साउण्ड इफेक्ट जडान गरिनेछ ।

कोरोनाभाइरस महामारी स्थगित भएको लिग मध्ये जर्मन बुण्डेसलिगा फेरी सुरु भइसकेको छ । यस्तै प्रिमियर लिग इटालियन सिरी ए जुन मध्यतिर सुरु गर्ने तयारी भइरहेको छ ।

तर फ्रेन्च लिग वान बेल्जियन प्रो लिग र नेदरल्याण्ड्सको लिग रद्द भइसकेको छ ।

ला लिगा मार्चमा स्थगित हुनुअघि बार्सिलोना रियल मड्रिडलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा छ ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal