eNepal

बिना दर्शकको खेलमा ट्रफी उठाउदा कस्तो अनौठो लाग्ला

जेठ १५-काठमाडौं । लिभरपुलका कप्तान जोर्डन हेन्डरले दर्शक बिना एनफिल्डमा र प्रिमियर लिग ट्रफी उठाउनु एकदमै अनौठो हुने बताएका छन् ।

लिभरपुल लिग स्थगित हुनुअघि शीर्ष स्थानमा छ र १९९० पछि पहिलो पटक लिग जित्नबाट दुई जित मात्र टाढा छ ।

कोरोनाभाइरस महामारीका कारण १३ मार्चदेखि लिग स्थगित छ । आगामी जुनमा लिग फेरी सुरु गर्नेगरी अहिले प्रोजेक्ट रिस्टार्ट अन्तर्गत तयारी भइरहेको छ ।

यसैबीच लिभरपुलका कप्तान हेन्डरसनले लिभरपुलका फ्यानले धेरै फरक पार्ने र त्यसबारे सबैलाई थाहा भएका बताएका छन् ।

इंग्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी हेन्डरसनले बीबीसी रेडियो फाइभ लाइभसँग भनेका छन्, ‘विल्कुलै फरक लाग्नेछ किनकि यदि तापाई‌ंले कुनै ट्रफी जित्नुभयो र फ्यानविना नै प्राप्त गर्नुभयो भने यो अनौठो हुनेछ,’ हेन्डरसनले भने ।

हेन्डरसनले सम्भावना भने अझे समाप्त नभएको बताएका छन् । उनले सिजनको अन्त्यसम्म उच्चस्तरको प्रदर्शन कायम राख्नु आवश्यक रहेको र सकेसम्म राम्रो तरिकाले सिजन सकाउन चाहेको बताए ।

‘त्यसपछि हामीले जे जित्छौँ वा हामी ट्रफी लिन्छौँ तर त्यहाँ फ्यानहरु छैनन् …जब त्यो तपाईंले सामना गर्नुपर्नेछ । आशा छ यो हनुछ । हामी अझै पनि राम्रो स्थानमा छौँ,’ हेन्डरसनले भने, ‘यसको अर्थ हामीले प्रिमियर लिग जित्यौँ र हामी धेरै खुसी हुनेछौं तर त्यसपछि हामी भविष्यमा ध्यान दिन सक्छौं र जब फ्यानहरुलाई स्टेडियममा आउन अनुमति दिइन्छ, मलाई विश्वास छ हामी केही सेलेब्रेसन गर्नेछौँ ।’

फेरि लिग सुरु गर्ने तयारीसहित प्रिमियर लिगका खेलाडीहरुले गत सातादेखि सानो समूहमा ट्रेनिङ सुरु गरेका छन् । लिभरपुलका कप्तान हेन्डरसनले नयाँ तरिकाले ट्रेनिङ गर्दा अनौठो अनुभव भएको र सुरक्षित महसुस गरेको बताएका छन् ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal