eNepal

विदेशमा रहेका नेपाली ल्याउन कार्ययोजना बन्दै

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा फसेका नेपालीको उद्धारसम्बन्धी कार्ययोजना तयारीको चरणमा रहेको प्रष्ट्याएको छ । समितिका सचिव नारायणप्रसाद बिडारीले कार्ययोजनाबारे विभिन्न निकायसँग छलफल भइरहेको र अन्तिम रुप दिनेबित्तिकै सार्वजनिक गरिने जानकारी दिनुभएको छ । 

समितिको बुधबार बसेको बैठकमा विदेशमा फसेका नेपालीको उद्धारसम्बन्धी कार्ययोजना, प्रदेश र स्थानीय तहका क्वारेन्टाइनको व्यवस्थित सञ्चालनलगायतको प्रस्तावमाथि छलफल भएको हो । छलफलपछि सचिव बिडारीले भारतसहित तेस्रो देशमा अध्ययनरत विद्यार्थी, उपचारलगायत निजी भेटमा रहेका, कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, गर्भवती महिला र नेपालमा आफन्त बितेर आउनुपर्ने भएकालाई नेपाल ल्याउनेबारे कार्ययोजना तयार भइरहेको बताउनुभयो । 

विदेशमा रहेकालाई नेपालमा ल्याउँदा व्यवस्थित राख्न सकिने र सङ्क्रमण फैलन नदिने र आउनेलाई क्रमशः लिएर आउने योजना तयारीको चरणमा रहेको जानकारी दिनुभयो । 

उक्त योजना परिमार्जित, परिष्कृत र अन्तिम रुप लिइसकेपछि सञ्चारकर्मीलाई जानकारी गराइने उहाँले बताउनुभयो । त्यसैगरी, स्थानीय र प्रदेश स्तरका क्वारेन्टाइनमा सुरक्षा र बन्दोबस्तीका सामानको अभाव हुन नदिन प्रदेशसँग समन्वय गरी छलफल भइरहेको समितिले जनाएको छ । क्वारेन्टाइनमा रहनेको बन्दोबस्ती, सुरक्षा र हाजिरीको व्यवस्थित अभिलेख राख्ने गरी तयारी सुरु गरिएको छ । क्वारेन्टाइन र आइसोलेसनमा बस्नेको बन्दोबस्ती र सुरक्षाका लागि संघीय सरकारबाट समेत आर्थिक सहयोग प्राप्त हुने गरी कार्ययोजना बनाइँदैछ ।

यो समाचार गोरखापत्र अनलाईनबाट साभार गरिएको हो। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal