eNepal

कबिताः यो कर्म भुमिमा फलको निम्ति श्रम सबैले गर्नु पर्छ

यो कर्म भुमिमा फलको निम्ति श्रम सबैले गर्नु पर्छ
ईश्वरले रेखा मात्र दिने हुन रङ्ग हामी आफै भर्नु पर्छ

भरोसाको साथ आज जे छैन त्यो भोलि हुन्छ भनि
पहिल्याउदै अन्तिम लक्ष्यको मार्गमा अघि सर्नु पर्छ

जिबनको हरेक मार्गमा फुल बिछ्याएको कहाँ हुन्छ
चट्टानी मार्गको यात्रागरि प्रगतिको निशानी छर्नु पर्छ

जीवनरूपी सागरमा हामी प्राय माथी माथी हिड्छौ
गहिराईमा पुग्न किन डर्ने यसैपनि एकदिन मर्नु पर्छ

किनारामा बस्दै कल्पनाको संसारमा रमेर केहि हुन्न
यात्रा असफल भए पुनः नयाँ कदमको भर पर्नु पर्छ

माधव अधिकारी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal