भरतपुर । लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको छ । साँघुरा बाटामा समेत हिँड्नेहरुकोसङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरु बताउँछन् ।
मानवस्वास्थ्यका लागि व्यायाम अति आवश्यक पर्दछ । चिकित्सकहरुले पनि बिहान बेलुकी हिँड्न सुझाव दिने गर्दछन् । यतिबेलालकडाउनका कारण दिनभर घरमा खाएर बस्ने मात्रै गर्दा विभिन्न रोग लाग्न सक्ने जोखिम त्यतिकै छ ।
भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडा भीडमा बाहिर नहिँड्न सुझाव दिनुहुन्छ । तीन मिटर फरकमा गुणस्तरीयमास्क लगाएर हिँड्न सकिने भए पनि त्यो सबै व्यवस्थापन शहरी क्षेत्रमा सम्भव नहुने भएकाले जोखिम नमोल्न उनको सुझाव छ । घरमायोग गर्न सुझाव दिँदै खतिवडाले अहिलेको अवस्थामा सबै सचेत हुनुपर्ने बताए । साँघुरा सडकमा गाडी आउँदा बीचको भाग छोड्नु पर्छ ।छेउबाट भीड गरी हिँड्दा उच्च जोखिमको सम्भावना रहन्छ ।
वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी सामाजिक दूरी कायम गरेर तीन पत्रे (ट्रिपल लेयर) सर्जिकल मास्क प्रयोग गर्दा कमजोखिम भए पनि भीडमा नहिँड्नु नै उपयुक्त भएको बताउँछन् । अहिले बजारमा त्यस्ता मास्क पाउनै मुस्किल भएको भन्दै यो जोखिमकोसमयमा घरमै व्यायाम गर्न उनले सुझाव दिए । पहाडी र खाली ठाउँमा हिँडडुल गर्न र सामाजिक दूरी कायम गरी खेतमा काम गर्न सकिएपनि शहरी क्षेत्रमा नहिँड्न उनको सुझाव छ ।
अहिले जिल्लाको शहरी क्षेत्रमा बिहान सबेरैदेखि र साँझ हुलका हुल मानिस हिँड्ने गरेको पाइन्छ । विगतमा भन्दा धेरै मानिस हिँड्नेगरेको देखिन्छ ।
मास्कविना र साधारण कपडाको मास्कमा हिँड्डुल गरेको पाइन्छ । सामाजिक दूरी कायम गर्न कठिन छ । नजिकैबाट हिँड्नेले खोक्दा, थुक्दा, हाच्छ्यु गर्दा यसको जोखिम हुने अधकारीको भनाइ छ । घरमै बस्ने र व्यायाम गरेमा सबै रोगबाट बच्न सकिने चिकित्सककोसुझाव छ । रासस

