नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैँमा गरिएकाे परीक्षणमार्फत् ९ जनामा संक्रमण पुष्टि भएकाे हाे । उनीहरूमध्ये ७ जना राैतहटकाे इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ का बासिन्दा रहेकाे मन्त्रालयले जनाएकाे छ । ती सबै संक्रमित पुरूष रहेका छन् ।
यसैगरी राैतहटकै माधवनारायण नगरपालिका वडा नं २८ वर्षीया १ महिला र बाराकाे करैयामाइ- ५ निवासी १ जना ३८ वर्षका पुरूषमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।

