eNepal

दुई वर्षमा उत्साहजनक सफलता, यसपालि ‘मेरो’ हैन “नेपाल सरकार” – राष्ट्रपति भण्डारी

आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदकमा पेश गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले सरकार गठन भएको दुई वर्षमा उत्साहजनक सफलता मिलेको दावी गरेकी छन् । 

भण्डारीले सरकार गठनपछि पूर्णत स्थायित्व आउनुको साथै सुशासन प्रर्वद्धनको साथै विकासले गति समातेको समेत दावी गरेकी छन् । 

उनले स्थानीय तह, प्रदेशका संरचनाहरु खडा गरेर क्रियाशिल भएको साथै वित्तिय हस्तान्तरणको कार्य समेत सफल भएको बताइन् ।

साथै उनले नेपाललाई सरकारको यही कार्यकाल विकासशील राष्ट्रमा स्तरोन्नती गरिने बताइन् । 

दीर्घकालिन योजनाअनुसार समुन्नत राष्ट्रको स्तरमा पुर्याउने गरी आर्थिक र सामाजिक योजना तथा कार्यक्रम अघि बढाइएको उनले बताईन् । संसदमा नीति तथा कार्यक्रम पेश गर्ने क्रममा भण्डारीको सम्बोधन जारी रहेको छ । 

सरकारको तर्फबाट राष्ट्र प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ। यस क्रममा राष्ट्रपति भण्डारीले यो सरकार, नेपाल सरकार भन्ने शब्दावली प्रयोग गरेकी छन्।

गत वर्ष राष्ट्रपति भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम वाचन मेरो सरकार भनेपछि विवादमा तानिएकी थिइन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal