eNepal

कसैले व्यक्तिगत जानकारी मागे नदिन नेपाल प्रहरीको आग्रह

नेपाल प्रहरीको साइबर ब्यूरोले ‘म साइबर क्राईमबाट बोलेको वा साइबर सेक्युरिटीबाट कल गर्दैछौं’ भनेर फोन आएमा कसैलाई आफ्नो जानकारी नदिन आग्रह गरेको छ ।

साइबर ब्यूरोले सोमबार एक सूचना प्रकाशित गरी फोन तथा इमेल लगायत कुनैपनि माध्यमबाट आफ्नो जानकारी माग भएमा कोही कसैसँग आफ्नो गोप्य वा कुनै किसिमको सूचना आदान प्रदान नगर्न आग्रह गरेको हो ।

ब्यूरोले ‘म साइबर क्राईमबाट बोलेको’ वा ‘साइबर सेक्युरिटीबाट कल गर्दैछौं’ भन्ने जस्ता भाम्रक विवरण र प्रहरीको हवाला दिदै केही समय देखि अपरिचित व्यक्तिहरुले अश्लिल फोटो तथा भिडियो पठाउन लगाई ब्ल्याकमेलिङ गर्ने र सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गर्ने क्रियाकलापहरु गर्ने गरेकाले यस्ता किसिमको घटनाको अनुसन्धान साइबर ब्युरोबाट भइरहेको जानकारी दिएको छ ।

फोन तथा इमेल लगायत कुनैपनि माध्यमबाट आफ्नो बारेमा जानकारी माग भएमा साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन ब्यूरोले अनुरोध गरेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal