मेरो भाइले अस्ट्रेलीयन पिआर पाएर अस्ट्रेलीयन नागरिक बनेको दिन वरिपरिका छिमेकीलाई बोलाएर खसी ढाल्ने आमा लिपुलेख भारतले खोसेको भनेर बिलौना गर्दै थिइन तर अस्ट्रेलीयाले छोरो खोसेको पत्तै पाइनन। लिपुलेख नेताले बेचे भारतले खोसे भनेर कनसिरिका रौ तातेका मेरो बुबाले मेरो दिदिलाइ क्यानेडियन पीआर होल्डर भिनाजु खोजी खोजी क्यानेडियन नागरिक बनाए क्यानडाले आफ्नी छोरी खोसेको पत्तै पाएनन्। लिपुलेख भारतले हडप्यो भनेर मैले पनि फेसबुकको भित्ता खुब रङगाए राष्ट्रभक्ती देखाए तर नेपालको नागरिकता त्यागेर अमेरिकन नगरिकता पाउने लोभमा अर्को बर्षको डिभी भर्ने लाइनको अग्रपङतीमा मनै उभिएको हुन्छु । नेपाली नागारिकता त्यागेर अमेरिकन नागरीक बन्ने सपना जो छ मेरो ।। मेरो सपना अमेरिकाले लुटेको पत्तै पाइन । जय हाम्रो परिवारको रास्ट्रभक्ती ।।
माथिका हरफ फेशबुकबाट साभार गरिएको हो। खैर जसले लेख्यो गजबनै लेख्यो
तर अव के हामी सिमाना मिचीदै गर्दा कानमा तेल हालेर बसौ। आखिरी संसारको जुनै कुनामा बसे पनि आफ्नो जन्मभुमीको मायाँ लाग्छ नि होईनर। प्रदेसीएका लाखौ नेपालीहरु मध्य थोरै रहरले बिदेशीए तर धेरै धेरै कहर अनि बाध्यताले बिदेशीएका छन्। परदेशी हुँदैमा देशको मायाँ नलाग्ने भन्ने हुन्छ र!!
पिआर पाएका छोरा छोरीका आमा आखिरी जतिनै सुखसयलमा बिदेश बसे पनि भित्र मनबाट प्रसन्न भएर बसेका हुँदैनन्। उनीहरुलाई आफ्नै गाउँ पखेरो अनि माटोनै प्यारो लाग्छ। प्राय सबैका आमा बाले आफ्ना छोराछोरीलाई बुढेसकालमा चाँही नेपालनै फर्क है भनेर सुझाब दिदा हुँन्।
विदेशमा बसेका नेपालीलाई गाली भन्दा बोरु सम्मान गर। हरेक घरका एक प्रतीनिधी बिदेशमा छन्। उनीहरुले पठाएको रेमीट्यान्सले सरकार चलेको छ अनि त्यहि पठाएको खर्चले घरको अँगेनोमा आगो बलेको छ।
बिदेशमा रहेका नेपालीलाई गाली गर्नको साटो बोरु सकारलाई झक्झकाउँ। देशको सिमानामा देखिएको समस्या दिन प्रतिदिन विवाद भईरहनु ,यसको समाधान नखोज्नुमा बिदेश गएका नेपालीको के गल्ती। आफ्नो देशको सिमाना हडप्दै गर्दा उनीहरु बोल्न पाउने कि नपाउने। सिमाना मिचिदै गर्दा मेरो पालो र तेलो पालो भनेर कुर्सी र सत्ताको लागि सधै जुहारी खेल्ने नेपाली राजनितिक दलहरुको कम्युनिष्ट पार्टी, कांग्रेस , राप्रपा, मधेशवादी दल २०४६ सालपछि देशमा जे जस्ता घटनाक्रम भए यसप्रति कहिले पनि जवाफदेहिता भएन । यिनका भरौटे बन्नु भन्दा बोरु सबैले सँसारको जुन सुकै कुनामा भए पनि आवाज उठाउँ। आज आवाज उठाईएन भने सिमा मिचिदै जान्छ। हामी मुखदर्शक भएर टुलु हेरी रह्यौ भने कुनै दिन हामीले हाम्रा सन्तानलाई केबल कथा सुनाउने छौ। हामीले सुनाउन नपाइएला तर कालान्तरमा एकदिन पक्कै त्यौ दिन नआउला भन्न सकिदैन।
अहिले पछिल्लो चरणमा आएर सुस्ता लगायत लिम्पयाधुरा कालापानी लगायतका भुभाग भारतले अतिक्रमण गरिरहँदा यी राजनीतिक दलको सत्ता प्राप्ती फोहरी खेल बाहेक कही गुन्जायस रहेन । दिल्लीमा १२ बुँदे समझदारी गरेर आएका राजनीतिक पार्टीबाट सीमा र राष्ट्रियताको रक्षा हुन्छ भन्नु कागलाई बेल पाक्यो हर्ष न बिष्मात जस्तै हो ।
यि राजनीतिक दलबाट राष्ट्रियता बच्न सक्दैन । अब समय छदै देशका स्थायी सरकार नेपाली सेना, परम्परागत शक्ति , बुद्धीजिवी , साहित्यकार , इतिहासकार , पत्रकार , विद्यार्थी र आमनेपाली दाजुभाइ तथा दिदि बहिनीहरुले यस कुरालाई मनन गरी एकजुट हुन अति आबस्यक छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोगका कारण जनता घरबाट बाहिर निस्कने अवस्था छैन । यस विषम घडीमा मित्रराष्ट्र भारत र चीनले जुन किसिमको लिपुलेक देखि मानसरोवरसम्मको स्थलगत सडक निर्माण सम्पन्न गरी उद्घाटन गर्दासम्म नेपाल सरकारका परराष्ट्रमन्त्री बेखबर हुनु लज्जास्पद कुरा हो ।
यि राजनीतिक दलहरु देश र जनताप्रति उत्तरदायी, जिम्मेवारीबोध रहेनछन् भन्ने प्रमाणित भयो । जस्तै १९९९ देखि नै भारतले त्यस क्षेत्रमा क्याम्प खडा गरी बिगत ३० वर्षदेखि मोटरबाटो निर्माणको कार्य भएको र अहिले आएर सम्पन्न भएको भनेपछि नेपालका शासकहरु अन्धाले हात्ती छामे झै सुतेर बसेका थिए त ? अब यस आयातित व्यवस्थाले माक्र्सवाद, लेनिनवाद , माओवाद र नेपाली कांग्रेसको समाजवाद यी वादबाट मुलुक बर्बाद हुनु बाहेक केही भएन ।
आफनो खालको माटो सुहाउँदो शासन व्यवस्था कायम नगर्ने हो भने हाम्रो देश भविष्यमा नरहन पनि सक्ने अवस्था आउन सक्छ । अब यो त्यो बहाना नगरी सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरु पार्टीको झण्डा बोकेर होइन राष्ट्रिय झण्डा बोकेर एक जुट हुने बेला आएको छ ।

