eNepal

लिपुलेक विवादमा भारतमात्र होइन, चीन पनि संलग्न छ : प्रचण्ड

काठमान्डौ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीनपनि संलग्न भएको बताएका छन् नेपाल भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधाननहुने उनले बताए नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले लिपुलेक, कालापानी तथालिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समयआएको बताएका छन्

विगतदेखि नै राजनीतिक कूटनीतिकरूपमा विभिन्न चरणमा समाधानको प्रयास गरिए पनि निकास ननिस्किएको वर्तमान परिप्रेक्ष्यमासमस्याहरु थप जटिल बन्दै गएको अध्यक्ष दाहालको निष्कर्ष सिंहदरबारमा आज (आइतबार) राज्य व्यवस्था तथा सुशासनसमितिको बैठकमा समितिका सदस्यसमेत रहेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् उनले सीमा विवाद तत्काल उब्जिएको नभइदशकौँदेखिको समस्या हो भन्दै सबै तथ्यहरुको विष्लेषण गरी एउटा ठोस निचोडमा जानुपर्ने आवश्यकता औँल्याएका छन् सांसद हरुलेउठाएको मुलभूत विषयमा सहमति जनाउँदै अध्यक्ष दाहालले भने,“विषय धेरै गम्भीर पुरानो हो

गत साल भारतले जारी गरेको राजनीतिक नक्साको नयाँ सन्दर्भ आएपछि विषयको गाम्भीर्यता संवेदनशीलतालाई विचार गरेर पटकपटक राष्ट्रियस्तरमा गम्भीर बहस गरिएको उनले बताए त्यो बेला सरकारले पनि सर्वदलीय सर्वपक्षीय बैठकको आयोजना गरीराष्ट्रिय सहमति बनाउने वातावरण तयार पारेको स्मरण गर्दै अध्यक्ष दाहालले त्यो बैठक सहमतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाईनिकै ठूलो तागत प्रदान गरेको उल्लेख गरे सरकारले त्यो बेला तयार पारेर भारत सरकारसमक्ष पेश गरेकोलेटर अफ प्रोटेष्टसायदकूटनीतिककरूपमा सायदै लेखिएको होला भन्ने लाग्छ,

सरकार तत्परता विश्वासका साथ नै अघि बढेको ”, सरकारको पहलकदमीबारे सांसदहरुलाई आश्वस्त पार्दै अध्यक्ष दाहाललेथपे,“विदेश सचिवस्तरको बैठकको आयोजना गरेर छलफल गर्ने भन्ने सन्दर्भमा सूची मिलाउन नसक्दा सहमति हुन नसकेको जानकारीआएको उनले भने,“शनिबार मात्रै भारतले बनाएको बाटो उद्घाटनको विषय आइसकेपछि प्रधानमन्त्रीलाई भेटेर विषय धेरै गम्भीरभएर आयो विगतमा नक्साको सन्दर्भमा पनि एक ढङ्गको विवाद भयो हामीले उच्चस्तरमा (प्रधानमन्त्रीकै स्तरबाट) राजनीतिक कूटनीतिक संवाद थालिहाल्नुपर्छ

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँगको भेटमा अझ विषयवस्तु गम्भीर भएर आएकाले अविलम्ब पहल भएन भने चिजहरु झन्अप्ठ्यारो भएर जान सक्नेतर्फ ध्यानाकर्षण गराएको सुनाए पार्टीका तर्फबाट सोही ढङ्गको वक्तव्य सार्वजनिक भइसकेको समेत उनलेबताए परराष्ट्र मन्त्रालयबाट जारी भएको विज्ञप्तिप्रति केही सांसदहरुले उठाएको प्रश्नमा अध्यक्ष दाहालले परराष्ट्र मन्त्रालयमार्फतजारी गरिएको वक्तव्य अहिलेको अवस्थामा ठिक उपयुक्त रहेको प्रतिक्रिया दिए सांसदहरुले चिठीमात्रै सार्वजनिक गरेर नहुने भन्दैठोस व्यवहारिकरूपमा पहल गर्नुपर्ने माग राखेका थिए

अध्यक्ष दाहाललेउक्त विषयलाई प्रष्ट पार्दै चिठ्ठी मात्रै ठिक भएर भएन एक्सन पनि ठिक हुनुप¥यो भन्ने सांसदहरुको भावना सही ’, भने लिपुलेकलगायत सीमा समस्यासम्बन्धी विषयमा आफू पूर्वप्रधानमन्त्रीको हैसियतमा विगतमा भारत चीनसँग छलफल गरेकोसमेत उनले सांसदहरुलाई जानकारी गराए लिपुलेकको सन्दर्भमा चीन भारतको जे सहमति भयो, संयोगले तुरुन्तै भारत भ्रमणमाजाँदा त्यहाँको उच्च नेतृत्वसँग चीन जाँदा चीनको नेतृत्वसँग विषय उठाइएको हो, सिमानाको विषयमा चीन, भारत नेपालललेत्रिपक्षीयरूपमा समस्या समाधान गर्नुपर्ने आवश्यकता टड्कारो भयो भनेर उठाएको थिएँ”, उनले स्मरण गरे

लिपुलेक नेपाली भूभागको हो सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो भनिएको त्यसपूर्वको सम्पूर्ण भूभागनेपालको हो त्यहीअनुसार राजनीतिक कूटनीतिकरूपमा बहस गर्नुपर्छ उनले जोड दिए भारतचीनबीच सम्झौता भएको हुनालेलिपुलेक प्रकरण त्रिदेशीय समस्या बन्न गएको यथार्थ हो भन्दै अध्यक्ष दाहालले दुई देशले मात्रै हल गर्न अप्ठ्यारो हुने तर्क गरे पटकपटक आफूले तीनै देशको आर्थिक क्रियाकलापको विकासमा त्रिदेशीय साझेदारीको कुरा उठाउँदै आएको विमिस्टेककोसम्मेलनका बेला भारतको गोवामा त्यो अवसर चुक्न नदिएको उनले स्मरण गरे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनका राष्ट्रपति सी चिनफिङ्सँग झण्डै ४० मिनेट एक्लै कुरा गर्दा सिमाना व्यापारव्यवसायसम्बन्धीका विषमयमा त्रिदेशीय समझदारी बनाउनु आवश्यक भनेको कुरा राखेको समेत उनले जानकारी गराए अहिलेसडक प्रकरणसम्म आउँदा त्यसको औचित्य पुष्टि भएको ”, अध्यक्ष दाहालले भने उक्त विषयमा कूटनीतिक नोट मात्रै पठाएर नहुनेआवश्यक परे अन्तर्रा्ष्ट्रिय अदालतमा विषय पु¥याउनुपर्ने माग सांसदहरुले राखेका थिए

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal