eNepal

अन्ततः रोनाल्डो इटाली पुगे:-मे १६ बाट प्रशिक्षण सुरु हुने.

एजेन्सीइटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्ततः इटली पुगेका छन् उनी सोमबार राति टुरिनपुगेका हुन्   टोलीसँगको प्रशिक्षणमा सामेल हुन रोनाल्डो आइतबार पोर्चुगलको मडेरियाबाट स्पेन हुदै इटली पुग्ने तयारीमा रहँदा उनीस्पेनमा रोकिन पुगेका थिए

विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड१९) को महामारीको कारण स्पेन लकडाउनमा रहेको यातायात लगायत हवाई उडानमासमेत प्रतिबन्ध रहेकाले रोनाल्डो म्याड्रिडमै रोकिएका थिए म्याड्रिड विमानस्थलले निजी जहाजलाई टेकअफ स्विकृती नदिँदा उनी निकैतनावमा देखिएका थिए उनले म्याड्रिडबाट इटली जान तीनपटक प्रयास गरेपनि विफल भएको थियो

इटली जान नपाएपछि रोनाल्डो म्याड्रिडबाट मडेरिया फर्किएका थिए उनले मडेरियाबाट सिधै टुरिनको उडानको अनुमति पाएपछिअन्ततः ३५ वर्षे रोनाल्डो आफ्नो ३० मिलियन पाउन्डको १८ सिट क्षमता रहेको निजी विमानबाट परिवारका केही सदस्यसँगै इटली पुग्नसफल भएका हुन्

रोनाल्डोसँगै अन्य विदेशी खेलाडीहरु अब दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि मात्रै उनलेटिमसँगै प्रशिक्षण गर्ने अवसर पाउनेछ सम्भवत: उनीहरु १८ मेबाट टोलीको प्रशिक्षणमा सामेल हुनेछ युभेन्टसले सोमबारदेखि नैप्रशिक्षण शुरु थालिसकेको इटली सरकारले सिरीक्लबहरुलाई प्रशिक्षणको अनुमति दिएसँगै युभेन्टसले आफ्नो विदेशीखेलाडीहरुलाई प्रशिक्षणमा फर्कन निर्देशन दिएको थियो

रोनाल्डोले आइतबार मात्रै मदर्स डेको अवसरमा आफ्नी आमालाई शुभकामनासहित मर्सिडिज कार उपहार दिएका थिए सामाजिकसन्जालमा निकै सक्रिय रहने रोनाल्डोले लकडाउनको अवसरमा मडेरियामा रहेर आफुले गर्ने क्रियाकलापको तस्वीरहरु नियमित रुपमापोस्ट गर्दे आएका छन्

बोलोग्ना, पर्मा रोमाले भने प्रशिक्षण सुरु गरिसकेका छन् इटलीमा १८ मे सम्म खेलकुद गतिविधि गर्न प्रतिबन्ध रहेको क्लबहरुलेप्रशिक्षण थालेपनि सिरीसुचारु हुने मिति तोकिएको छैन

२६औं चरणको खेल जारी रहँदा सिरीको खेलहरु मार्च पहिलो सातादेखि स्थगित गरिएको थियो युभेन्टस २६ खेलबाट ६३ अंकजोडेर शीर्षस्थानमा रहेका छन् समान खेलबाटै लाजियो ६२ अंक जोडेर दोस्रो स्थानमा रहेको लेच्चे, एसपाल ब्रेसिया रेलिगेसनजोनमा रहेको

source:-khelkhabar.com

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal