eNepal

प्रधानमन्त्री ओलीको व्यक्तिगत वेबसाइट ह्याक

प्रधानमन्त्री ओलीको व्यक्तिगत वेबसाइटमा अश्लील तस्वीर र भिडियो डोमेनहरुबारे जानकारी दिने साइट www.whois.com का अनुसार चीनको सिचुआँ प्रान्तका एकजनाले आफ्नो नाममा उक्त डोमेन दर्ता गरी अश्लील भिडियो अपलोड गरेका छन्।

मुलुकमा बलात्कार बढ्यो भन्दै केही समयअघि पोर्न साइटहरु बन्द गर्ने घोषणा गरी आलोचनाका पात्र बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै व्यक्तिगत वेबसाइटमा अश्लील भिडियो आउँछ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । प्रधानमन्त्री ओलीको व्यक्तिगत साइट www.kpsharmaoli.com मा जाने जो कोही लज्जित हुनु पर्छ ।

यो साइटमा प्रधानमन्त्री ओलीबारेका जानकारी भन्दा पनि अश्लील भिडियोहरु देखा पर्छन् । डोमेनहरुबारे जानकारी दिने साइट www.whois.com का अनुसार चीनको सिचुआँ प्रान्तका एकजनाले आफ्नो नाममा उक्त डोमेन दर्ता गरी अश्लील भिडियो अपलोड गरेका हुन् ।

नेपालमा भने यो साइट खुल्दैन । साइट खोल्दा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशानुसार साइट बन्द गरिएको भन्ने सूचना आउँछ । तर, कहिलेदेखि यो साइट बन्द छ भन्ने स्पष्ट छैन ।

ओलीको सचिवालयले आफ्नो डोमेन नवीकरण नगर्दा यस्तो हुन गएको बताइएको छ । हाल प्रधानमन्त्रीको सचिवालयले www.kpsharmaoli.com.np ठेगानामा नयाँ व्यक्तिगत साइट दर्ता गराएको खबर हबमा समाचार छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal