eNepal

विश्वका सबैभन्दा होचा व्यक्तिको विश्वकीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन

विश्वका सबैभन्दा होचा व्यक्तिको विश्वकीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । विश्व कीर्तिमानी खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको स्वास्थ्यमा अकस्मात् समस्या आएपछि बिहीबार मणिपाल शिक्षण अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना गरिएको थियो । थापामगरलाई शुक्रबार दिउँसो करिब ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको ‘खगेन्द्र थापा मगर प्रतिष्ठान’ का अध्यक्ष मीनबहादुर रानामगरले जानकारी दिए ।

थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् । बाग्लुङ धुल्लुवासकोट–६ का थापामगरले २८ असोज, २०६७ मा विश्वकै होचा व्यक्तिको रूपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल भएका थिए ।

५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च अग्ला थापामगरलाई वर्ल्ड रेकर्ड टोलीले परीक्षणपश्चात् विश्वकै होचो व्यक्तिको उपाधि दिएको थियो ।

धुल्लुवासकोट स्थायी घर भएका थापामगर पोखराको सृजनाचोकमा बस्दै आएका थिए । बाबु रूपबहादुर थापामगर र आमा धनमाया थापामगरका सन्ताका रूपमा १८ असोज २०४९ मा उनको जन्म भएको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal