फलामे ढोका भनिने एस एल सी त पास गरियो तर यो ग्रडीङ प्रणालीले बिधार्थीलाई कुन ग्रेडले के बिषय पढ्ने भनेर अन्यौलता छाएको छ। एक जना विद्यार्थीले SLC को नतिजा सार्वजनिक भएको भोलिपल्ट फोन गरेर भन्यो,”सर मेरो त GPA 1.6 आएछ अब मैले कक्षा ११ पढ्न पाउछु कि पाउदिन ?” मैले भने,”एकछिन पछि फोन गर म व्यस्त छु” खास कुरा म वय्स्त नभएर त्यस बारेमा अनभिज्ञ थिए त्यसैले हत्तपत्त एक जना साथीलाई उक्त विद्यार्थीको जिज्ञासा सुनाए ।यो सुनिसकेपछी उसले,”हैन के हो यो GPA ?”भनेर मलाई नै प्रतिप्रश्न गर्यो ।यो जिज्ञासा बारेमा उसलाई सोधेँ,त्यस्लाइ सोधे,माथि सोधेँ तल सोधेँ ……………..।
अन्ततः सबै बाट आनेकाने तर्कनाबाज शैलीका उत्तर मात्रै पाए र विद्यालयमा छलफल हुँदा त यो आजसम्मपनि अलमलको विषय पो बनिरहेको छ।अब विद्यार्थीले,”मैले यो ग्रेड पाएँ,पास भए कि फेल ?फलानो विषय पढ्न पाउने कि नपाउने ? कुल कतिले ११ पढ्न पाउने ?” लगायतका प्रश्न सोध्छन् ।जिशिकामा सोध्यो भने,” अब विद्यार्थीले पढ्छु नै भनेर जिद्दी गर्यो भने पढाउनुनी” भनेजस्तो पाराको जवाफ दिन्छ्न। दशवटा पत्र पत्रीका, रेडियो टीभी पढयो सुनियो दस थरीका कुरा आए । विद्यार्थीलाई तिम्रो यो ग्रेड आएछ,अब तिमीले पढ्न पाउने छैनौं वा पाउनेछौ भनियो अनि पाउने भनेको नपाउने र नपाउने भनेको पाउने परेछ भने विद्यार्थीको हातको फ्रीमा कुटाइ खाइएला कि भन्ने पनि डर एकातिर छ भने भनिएन भने पनि मास्टरले रिजल्ट त हेर्न जान्दैनन् कसरी पढाउछ्न त भन्लान् भन्ने पिरलो अर्कोतिर छ।किनकि यो शिक्षक भन्ने पद यति तुच्छ र हल्का छ नि यस्को चर्चा अर्को सन्दर्भमा गरौंला ।यो चौतर्फी अन्यौलको अवस्थामा मलाई दार्शनिक सुकरातको यो भनाइको सम्झना आयो,उनले भनेका छन् ,”I only know that I know nothing.” अर्थात,” मलाई खाली यति मात्र थाहा छ कि मलाई केही पनि थाहा छैन” वास्तवमा ग्रेडिङ्को गोलमालबारे शिक्षा मन्त्रालय,शिक्षा विभाग,उच्च मा वि शिक्षा परिशद्का बैठक, निर्णय र सरकारको शैक्षिक रणनीतिलाई नियाल्दा म यो निष्कर्शमा पुगेको छु जुन सम्पुर्ण विद्यार्थी, अभिभावक, शिक्षकमित्रहरूलाई समेत यस बारेको अन्योल हटाउन मद्दत मिल्नेछ,यद्यपि मैले बुझे अनुसारकै हाल प्राप्त ग्रेडिङ्को नतिजाको मर्म मिल्न गएमा संयोग मात्रै हुनेछ भन्ने कुरा त छदैछ।
१.साइन्स पढ्न GPA-2 आए पुग्नेछ भने अन्य संकाय पढ्न GPA-1.6 भए पुग्छ तर साइन्सको लागि त्यसका अतिरिक्त slc मा गणित र साइन्स सि प्लस पनि चाहिन्छ ।
२. बढीमा 2 वटा विषयमा D वा E ग्रेड ल्याउनेले मौका परीक्षा दिन पाउछ र ग्रेड सुधार गर्न सक्छ ।
३. तीन वटा वा सो भन्दा बढी D वा E ग्रेड पाउनेले मौका परीक्षा दिन नपाउने तर ११ मा पढ्न पाउनेछ तर मैले माथि नै भनिसकेको छु GPA न्युनतम 1.6 हुनुपर्छ ।
४. कक्षा ११ मा पढ्न पाउनेले आफ्नो रुचिको विषय छनौट गर्न पाउने कि नपाउने भन्ने कुरा चाहिँ उसले अङ्ग्रेजी, गणित, साइन्स, नेपाली, सामाजिक लगायतका केही विषयमा तोकिए बमोजिमको ग्रेड ल्याउनु पर्ने कुरामा निर्भर गर्दछ।केही कन्फ्युजनलाई स्पष्ट पार्छ कि भन्नेमा आशावादी छु।
लेखक: रमेश पराजुली


