eNepal

ईलाम पुगेका पर्यटकले खाए एक रुपयाँमा खाना

भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका पाँच जना पर्यटकलाई एक रुपियाँमा खाने बस्ने सुविधा दिइएको छ ।

पहिलोपटक होटल बुक गर्न आएका पाँच पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी एक÷एक रुपियाँमा खाने बस्ने व्यवस्था गरिएको हो । इलाम बजारमा रहेका चियाबारी कटेज, हाम्रो पोखरेली होटल, ग्रिन भ्यु होटल, समिट होटल र ग्रिन सिटी गेस्ट हाउसले पर्यटकलाई उक्त सुविधा दिएका हुन् ।

पर्यटकलाई थप आर्कषित गर्न होटल एसोसिएसन इलाम, पर्यटन प्रर्वद्धन सरोकार समिति, इलाम नगरपालिकाले नगर पर्यटन समितिको पहलमा इलामका होटलमा सो सुविधा दिइएको होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बताए ।

इलाम आइपुगेका जापानी पर्यटक युकिड मितामुरा र चार जना नेपाली पर्यटकलाई स्वागत गरी इलामको पर्यटन सद्भावना दूतका रुपमा प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।

लक्की पर्यटक घोषित भएपछि जापानी पर्यटक मितामुराले इलामले दर्शाएको आतिथ्यता आफ्नो देशमा बाँड्ने बताए । इलाम आउने पर्यटकलाई लक्षित गरी इलामबाट काठमाडौँसम्म र काठमाडौंबाट इलामसम्म आउने एक जना पर्यटकलाई शुभेच्छा ट्राभल्सले निःशुल्क टिकटको व्यस्था गरेको छ ।

पर्यटकले ढाके कन्याम र अन्तु

इलाम अङ्ग्रेजी नयाँ वर्ष तथा नेपाल भ्रमण वर्षको पहिलो दिन बुधबार इलामका पर्यटकीय स्थल भारतीय तथा आन्तरिक पर्यटकले छपक्कै भएका छन् ।

विभिन्न कार्यक्रम गरी भ्रमण वर्षको उद्घाटन भइरहँदा इलामको कन्याम, श्रीअन्तुलगायतका पर्यटकीय स्थलमा भारतीय पर्यटक धेरै आएका छन् ।

घुम्नैपर्ने सय पर्यटकीय स्थलमा घोषणा भएको सूर्योदय नगरपालिकाको कन्याममा भ्रमण वर्षको पहिलो दिन चार हजारभन्दा बढी भारतीय पर्यटकले भ्रमण गरेका छन् ।

आजको गोरखापत्र दैनिकबाट

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal